साउदीमा ६० जना नेपाली भोक-भोकै एउटै कोठामा, दुतावासले सुनेन गुहार !

साउदी अरेबियामा ६० जना नेपाली अलपत्र परेको खबर छ । नाकुरी नेपाल रिक्युरमेन्ट सर्भिसबाट साउदी पुगेका उनीहरु भनेको जस्तो काम नपाएर भोक–भोकै बस्न बाध्य बनेका छन् । आफूहरुको उद्धार गरिदिन भन्दै उनीहरुले भिडियो पठाएका छन् ।कम्पनीले एउटा सानो कोठामा खाँदेर राखेको उनीहरुको भनाइ छ ।

उनीहरु मागेर खान बाध्य भएका छन् । रोटी नुनसँग चोपेर खान बाध्य बनेका छन्

अझ ३ दिनसम्म खानका लागि केही नदिएपछि उनीहरु आफैले भान्छाको ताल्चा फुटाएर त्यहाँ भएका खानेकुरा खाएकोो उनिहरुले बताए । तर, त्यो खाना पनि सकिएपछि अहिले उनीहरु मागेर खान बाध्य भएका छन् । रोटी नुनसँग चोपेर खान बाध्य बनेका छन् उनीहरु । ग्रुपमा रहेका कोही विरामी भइहालेमा उपचार गर्ने पैसासमेत छैन उनीहरुसँग ।पटक–पटक साउदीमा रहेका नेपाली दुतावासलाई आफूहरुको नाजुक अवस्थाबारे जानकारी गराए पनि दुतावासले केही नगरेको उनीहरुको गुनासो छ ।

प्रकाशित मिति June 14, 2019
Loading...