अब बिदेशबाट आउदा २५ तोलासम्म सुन ल्याउन पाईने

सरकारले विदेशबाट फर्किएका नेपालीले ल्याउने काँचो सुन तथा सुनको गहनाको सीमा बढाएको छ। अब भन्सार तिरेर २५ तोलासम्म सुनका गहना र एक सय ग्रामको काँचो सुन ल्याउन पाइने भएको हो।

अब दुई सय ५० ग्रामसम्मका गहना ल्याउन पाइने छ भने ५० ग्रामसम्म सुनका गहना ल्याउदा शुल्क लाग्दैन। थप एक सय ग्राम ल्याउदा प्रति दश ग्रामको सात हजार दुई सय रुपैयाँ लाग्छ। बाँकी एक सय ग्रामको ९ हजार रुपैयाँ लाग्नेछ।

सय ग्रामसम्म काँचो सुन ल्याउन पाइने भएको छ। पचास ग्राम मात्र काँचो सुन आयात गर्दा प्रति १० ग्रामको ६ हजार दुई सय रुपैयाँ भन्सार लाग्ने छ। बाँकी पचास ग्रामको प्रती १० ग्रामको सात हजार दुई सय रुपैयाँ लाग्ने आर्थिक विधेयकमा उल्लेख छ।

प्रकाशित मिति May 30, 2019
Loading...