साकार अधिकारीको बहिनीलाई क्यान्सर, आमाले गरिन् सहयोगकाे अपिल

पाेखर  ५ श्रावण । साकार अधिकारीकी आमा राधा अधिकारीले अस्ट्रेलियामा पढ्न आएकी मेरी छोरीलाई क्यान्सर जस्तो भयानक रोग लाग्यो ।

र्यापार साकार अधिकारीकी आमा राधा अधिकारीले क्यान्सरपीडित छोरी समिक्षाको उपचारमा आर्थिक सहयोगका लागि याचना गरेकी छन् ।

हाल अस्ट्रेलियाको सिड्नीमा रहेकी  अध्ययनका लागि अस्ट्रेलिया पुगेकी छोरी केही महिनादेखि क्यान्सरपीडित भएपछि अधिकारीले सिड्नीको आरपीए अस्पतालमा उपचारका लागि राखेकी थिइन् । उनले भनेकी छन्,‘म अहिले गम्भिर समस्यामा परेकी छु ।

नेपाल र इन्डियामा उसको उपचार सम्भव थिएन । अहिले अस्ट्रेलियामै उपचार भइरहेको छ । इन्स्योरेन्सले ७५ प्रतिशत व्यहोर्यो । काम गर्दै पढ्दै गरेकी छोरीको यो अबस्था भएपछि आर्थिक संकट त पर्ने नै भयो । ’हेरचाहका लागि आफू पनि बस्नु पर्ने बाध्यता पर्दा बाँकी उपचार र गासबासमा पनि समस्या पर्याे ।

उनले आफन्त र नेपाली समुदायका सहयोगी मनलाई गुहार्नुको विकल्प नभएको भन्दै सहयोगको याचना गरेकी हुन् । राधाले कोलोन क्यान्सरपीडित छोरी समिक्षा अधिकारीको केमोको भइरहेको र त्यसका लागि रकम अभाव भएको भन्दै अस्ट्रेलियावासी र आफन्तसँग सहयोगको अपिल गरेकी हुन् ।

प्रकाशित मिति July 21, 2019
Loading...