७ वर्षका आर्यनले रुँदै भने- आमाको किड्नी बेचेर बचाउनु…(भिडियाे)

पाेखरा ।श्रावण ५, नेपालमा जन्मिएका आर्यन परियार जम्मा ७ वर्षका भए । २ वर्ष पहिला सामान्य ज्वरो आएपछि आमा शान्तिले मेडिकलमा लगेर औषधि ल्याएर खुवाइन् ।

तर उनले छोरालाई निको होला भनेर ख्वाएको औषधि विषको रुपमा परिणत भैदियो । औषधिले रियाक्सन गरेर आर्यनको जिन्दगी नै बर्बाद भएको आमा शान्तीले दुःख व्यक्त गरिन् ।डाक्टरका अनुसार आर्यनको फोक्सो सुकेको छ ।

डाक्टर बन्ने सपना देखेका आर्यनले आफ्नी आमालाई ममी मलाई ऋण गरेर बचाउनुहोस, मलाई तपाईको किड्नी बेचेर भएपनि बचाउनुहोस भनेको सुन्दा उनी भक्कानिएर रोइन् ।

पोखरामा निमोनिया र ठेउला आएको भनेका थिए डाक्टरले औषधिको कारण यस्तो भएको भन्ने कसैले भनेनन् र थाहा नै पाएनन् तर काठ्माण्डौ ल्याएपछि बल्ल थाहा भयो

औषधिको रियाक्सनका कारण उनले आँखा देख्दैनन्, अक्सीजन नलगाई बाँच्नै सक्दैनन् ।

उनको फोक्सो प्रत्यारोपण गर्नुपर्छ ।

भिडियाे हेर्नुहाेस्ः

प्रकाशित मिति July 21, 2019
Loading...