ठकुरी सहयोग सञ्जाल कतारको अध्यक्षमा भरत मल्ल ठकुरी निर्वाचित

कतार- बिदेशी भूमिमा आधा दशक पहिले पहिलो पटक “सभ्य भाषा सभ्य संस्कृति हाम्रो पहिचान, शैक्षिक तथा आर्थिक सम्वृद्धिको साथ, सहयोग र सद्भाव सवैमा विश्वब्यापी हाम्रो अभियान ” को उद्घोषको साथ स्थापित ठकुरी सहयोग सञ्जाल, कतारको पाचौं वार्षिक उत्सव एवं चौथो अधिवेशन शुक्रबार सम्पन्न् भएको छ ।

उक्त अधिवेशनले सर्बसम्मत भरत मल्ल ठकुरीको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति चयन गरेको छ । बिगतका दिनहरुमा जस्तै नव निर्बाचित कार्य समितिले सामाजिक सेवामुखी कार्यमा अझ उदाहरणीय कार्यहरु गर्ने बताइएको छ। नेपालको इतिहासमा स्वर्ण अक्षरले लेखिएको ठकुरी जातीको महिमा वर्तमान अवस्थामा समेत बचाई राख्न, विभाजित ठकुरी समुदायलाई एकबद्ध गर्न , ठकुरीको पहिचान माथि वर्तमान अवस्थामा भएका प्रतिकुल प्रभावलाई निस्तेज गर्ने साथै प्रवासमा हुने दुख, समस्याहरूलाइ सहज बनाउदै अघि बढ्ने नवनिर्वाचित अध्यक्ष मल्लले बताए ।

त्यस्तै भरत मल्ल ठकुरीको अध्यक्षतामा गठित अन्उ कार्य समितिमा बरिस्ठ उपाध्यक्ष – श्रीकृष्ण मल्ल ठकुरी, प्रथम उपाध्यक्ष – इन्दिरा शाह ठकुरी, दिप्तिय उपाध्यक्ष – बिबेक मल्ल ठकुरी, महासचिव – दुर्गा हमाल ठकुरी, सचिब – छम बहादुर चन्द ठकुरी, सह-सचिब – सुरेन्द्र मल्ल ठकुरी, कोषाध्यक्ष – खगेन्द्र शाही ठकुरी, सह-कोषाध्यक्ष – जोग बहादुर खाण ठकुरी रहेका छन्।

त्यस्तै सद्स्यमा तेज बहादुर मल्ल ठकुरी, कृष्ण सेन ठकुरी, मोहन सेन ठकुरी, सुनिल खाण ठकुरी, विक्की शाही ठकुरी, प्रदीप सेन, रमण ठकुरी रहेका छन् ।

प्रकाशित मिति July 27, 2019
Loading...