पर्यटनमन्त्री बने योगेश भट्टराई

पाेखरा १५ साउन — प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीमा योगेश भट्टराईलाई नियुक्ति गरेका छन् । उनले बुधबार मन्त्रिपरिषद विस्तार गर्दै भट्टराईलाई पर्यटनमन्त्रीको जिम्मेवारी दिएका हुन् । राष्ट्रपतिले भट्टराईलाई ४ बजे मन्त्रीको सपथ गराउने छिन् ।

गत फागुन १५ गते तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृ*त्यु भएपछि उक्त मन्त्रालय मन्त्रीविहीन थियो

भट्टराई ताप्लेजुङबाट निर्वाचित सांसद हुन्। उनी नेकपाका स्थायी समिति सदस्यसमेत हुन्। गत फागुन १५ गते तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृ*त्यु भएपछि उक्त मन्त्रालय मन्त्रीविहीन थियो। प्रधानमन्त्रीले नै मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

प्रकाशित मिति July 31, 2019
Loading...