गगन थापाले योगेशलाई बधाई दिँदै यस्ताे भने

पाेखरा १५ साउन- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन्।

थापाले बुधबार ट्वीट गर्दै भट्टराईको सफलता युवा पुस्ताको राजनीतिकर्मीप्रतिको आशा र विश्वाससँग जोडिएको उल्लेख गरेका छन्।

‘योगेश दाइ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारी सफलतापूर्वक पूरा होस्। मन्त्रीको रूपमा तपाईंको सफलता तपाईं र तपाईंको पार्टीसँग मात्र होइन। हाम्रो पुस्ताको राजनीतिकर्मीहरूप्रतिको आशा र विश्वाससँग जोडिएको छ। मुरीमुरी शुभकामना,’ थापाले लेखेका छन्।

प्रकाशित मिति July 31, 2019
Loading...