लेक्चर बने बाबुराम, यसरी पढाउँदै छन् ‘पीएचडी’

पाेखरा १८ साउन: पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराई शनिबार बिहान ‘लेक्चर’ भूमिकामा थिए। शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय पुगेर उनले विद्यार्थीलाई लेक्चर दिएका हुन्, भलै उनले यसलाई ‘छलफल’गरे ।

त्रिवि ग्रामीण विकास केन्द्रीय विभागमा विद्यावारिधिको शोध (पीएचडी थेसिस) गरिरहेका विद्यार्थीलाई ‘नेपालको अर्थ राजनीतिको दिशा’ शीर्षकमा बाबुरामले छलफल गरेका हुन्।

भट्टराईको ‘प्रिजेन्टेसन’ मा विकास र समृद्धिको अवधारणा, नेपालको उत्पादन प्रणालीको चारित्र, गाउँ सरहको विभेदीकरण, आर्थिक क्रान्तिको मार्गचित्र लगायतका विषयमा उनले विद्यार्थीलाई पढाएका थिए।

स्राेतः अन्नपूर्ण

प्रकाशित मिति August 3, 2019
Loading...