गर्जीए प्रचण्ड, पूर्वराजा ज्ञानेन्द्रलाई नागार्जुनबाट निकालिदिने दिए चेतावनी

पाेखरा १९ साउन । नेपाल कम्युष्टि पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट निकाल्ने चेतावनी दिएका छन् ।

शनिबार राती युएईबाट फर्किएका प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका क्रममा शरण पर्न आएकाले ज्ञानेन्द्रलाई संरक्षण दिएको तर यसरी नै जे मन लाग्छ त्यही बोल्दै हिँडेको खण्डमा जनताले नागार्जुबाट पनि लखेट्ने सार्वजनिक अभिब्यक्ति दिएका छन् ।

रामेछापको खाँडादेवी गाउँपालिका पुगेका प्रचण्डले राजा माहाराजाका केही दासहरुले सरकार मात्र नभई ब्यबस्था नै फेर्ने हावादारी कुरा गरेको भन्दै कमल थापालाई पनि कडा रुपमा ब्यग्य बाँण हान्न भ्याए । यसअघि गएको शनिबार एक कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापाले सरकार होइन, व्यवस्था नै फेर्नुपर्ने बताएका थिए ।

रामेछापमा आज प्रचण्डले खाँडादेवी गाउँपालिका जोड्न सुनकोशी नदीमाथि खैरेनी घाटमा बनेको पक्की पुलको उद्घाटन गरेका छन् । नेपाल कम्युष्टि पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट निकाल्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति August 4, 2019
Loading...