विद्यालयको बस खाल्डोमा खस्दाँ ९ जनाकाे मृ*त्यु, १० जना घाइते

पाेखरा २१ साउन- भारतको उत्तरी राज्य उत्तराखण्डको तेहरी गर्हवालमा जिल्लामा एक विद्यालयको बस खाल्डोमा खस्दाँ कम्तीमा नौ बालबालिकाको मृ*त्यु हुनुको साथै अन्य १० जना घा*इते भएका स्थानीय प्रहरी स्रोतले सिन्ह्वा समाचार समितिलाई मङ्गलबार अाज जानकारी दिएका छन् ।

तेहरी गर्हवाल जिल्लाको कङ्गसाली गाउँको मदान नेगी रोडमा स्थानीय समयानुसार ७ः३० बजे सो घटना भएको थियो । एन्गेल पब्लिक स्कुलको घा*इते भएका विद्यार्थीहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । प्रहरीका अनुसार घा*इते भएका बालबालिकालाई हेलिकोप्टरबाट सो राज्यको क्रृषिकेश शहरमा ल्याउने कोशिष जारी रहेको बताइएको छ ।

बस खाल्डोमा खसेर घाइते भएका ती बालबालिकालाई राज्यको प्रकोप व्यवस्थापन निकायले उद्धार गरी स्थानीय अस्पताल पु¥याइएको छ । उत्तराखण्ड राज्यका मुख्यमन्त्री त्रिभेन्द्र सिंह रावतले यस घटनाप्रति गहिरो दुख व्यक्त गर्नु हुदै यस घटनाको अनुसन्धान गर्न निर्देशन दिएकाे बताए ।

प्रकाशित मिति August 6, 2019
Loading...