कि*रिया गरेको १५ वर्षपछि जीवितै घर फर्किए माओवादीका पूर्वलडाकु

२३ साउन- समाज निर्माण गर्ने सपना बोकेर तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको दश वर्षे ‘जनयु*द्ध’ मा हजारौं युवा सहभागी भए। यु*द्धमा सहभागीमध्ये केहीको मृ*त्यु भयोभने केही सकुशल घर फर्किए, केही बेप*त्ता, घा*इते र अ*पांग भएका थिए ।

बे*पत्ताको अवस्था खुल्न नसकेपछि परिवारका सदस्यले मृ*त्यु भएको ठानेर काजकि*रिया गरेका थिए । रूकुममा काजकि*रिया गरिएको १५ वर्षपछि एक पूर्वलडाकु यही साउन १९ गते घर फर्केका छन् । परिवारका सदस्यले उनी यु*द्धमा म*रेको ठानेर काजकि*रिया गरेका थिए।

रूकुमको खारामा सरकारी सुरक्षाकर्मी र तत्कालनीन नेकपा माओवादीका लडाकुबीच भएको ल*डाइँका क्रममा बे*पत्ता भएका सानीभेरी गाउँपालिका–११ (साबिक अर्मा गाविस– ९) का उमेश विश्वकर्मा परिवारले मरेको ठानेर कि*रिया गरेको अवस्थामा घर आएका हुन् । २०६१ सालमा खारा लडा*इँमा सहभागी भएका उनको अवस्था खुलेको थिएन । उनी घर नआएपछि परिवारले मृ*त्यु भइसकेको भनेर काजकि*रिया गरेको थियो ।

आमा मनकुमारीले भनिन्, ‘लडाइँमा गएको छोराको मृ*त्यु भयो होला भनेर हाम्रो परम्परा अनुसार काजकिरिया गरेका थियौं।’

‘छोराको अवस्थाबारे धेरै खोजी गर्यौँ, पार्टीले पनि खोज्यो,’ आमा मनकुमारीले भनिन्, ‘लडाइँमा गएको छोराको मृ*त्यु भयो होला भनेर हाम्रो परम्परा अनुसार काजकिरि*या गरेका थियौं।’ उनका अनुसार बे*पत्ता भएको तीन महिनापछि उनी म*रेको सम्झेर किरि*या गरिएको थियो । काजकि*रिया गरिसकेको छोरा घर आएपछि अहिले मनकुमारीको परिवारमा खुसीको सीमा छैन ।

उमेश घर पुग्दा सुरुमा आमाले विश्वासै गरिनन् । तर उमेशले पुराना सबै कुरा र घट*नाक्रमबारे जानकारी गराएपछि आमाले भक्कानिँदै अंगालो हालिन् । ‘सुरूमा त मेरो छोरो आयो होला भनेर मैले विश्वासै गरिनँ तर उसले सबै कुरा भनेपछि मात्रै चिनें,’ आमा मनकुमारीले भनिन्, ‘खुसीले आँसु रोक्न सकिनँ ।’

काजकिरिया गरिएको १५ वर्षपछि पूर्वलडाकु उमेश विश्वकर्मा यही साउन १९ गते घर फर्केका हुन् । २०६१ सालमा रुकुमको खारामा भएको ल*डाइँमा सहभागी विश्वकर्मा घर नफर्किएपछि म*रेको ठानेर परिवारले किरि*या गरेको थियो ।

‘म त्यतिबेला लडाकुको ११ नम्बर प्लाटुनमा कार्यरत थिएँ। खारामा रातभरि लडा*इँ भयो। बिहान हुन लाग्दा सबै साथी भाग्न थाले, म पनि ज्यान बचाउनका लागि भागें,’ उनले पुरानो कथा सुनाउँदै भने, ‘हिँड्दै जाँदा कहाँ पुगें कहाँ थाहा भएन । ठूलो जंगलमा पुगें। त्यही जंगल छिचोल्ने क्रममा भारत पुगेछु।’ उनले थपे, ‘कुन ठाउँ हो त्यो थाहा भएन। कयौं रात भोकभोकै गल्लीमा सुतें ।’

उमेश एक्लै पनि आएका छैनन्। उनले छोराछोरी र पत्नीलाई पनि साथमा ल्याएका छन् । १६ वर्षको उम्मेरमा उनी माओवादीको ‘जनमुक्ति सेना’ मा सहभागी भएका थिए । उनी खारा ल*डाइँमा सहभागी हुँदा २० वर्षका थिए ।

विभिन्न ठाउँका लडाइँमा सहभागी उमेशले खारा युद्धमा घाइते भएपछि आफूलाई सबैले छोडेर गएको र बाँच्नका लागि भाग्दा–भाग्दा भारत पुगेको बताउँछन् ।

‘धेरै होटेलमा पुगेर काम मागें तर पाइनँ। काम खोज्दा–खोज्दा बल्ल एउटा सानो होटेलले खाना र बस्न मात्रै दिने गरेर काममा लगायो । करिब पाँच वर्ष यसैगरी बिताएँ। त्यसपछि त्यहाँबाट भागेर गाडीमा चढें। त्यो गाडी कहाँ जाने हो केही थाहा थिएन्। हिन्दी भाषासमेत राम्रोसँग बुझ्दैनथें। त्यो गाडीले मुम्बई पुर्यायो बल्ल त्यहीं काम गर्न थालें। तीन वर्षपछि त्यहीं विवाहसमेत गरें।’

मृ*त्यु भइसक्यो भनेर काजकिरि*या गरेको मान्छे छोराछोरी र पत्नीसहित घर पुग्दा गाउँले पनि खुसी छन् ।

उमेशले घर फर्केपछि दाजु र बहिनीलाई भने भेट्न पाएनन् । दाजु धनबहादुर र बहिनी भूमकीको ६ वर्ष पहिले गाउँमा फैलिएको झाडापखालाले मृ*त्यु भएको थियो । अहिले उनलाई भेट्न घरमा दैनिक पाँचरसात जना मान्छे पुग्छन् । मृ*त्यु भइसक्यो भनेर काजकिरि*या गरेको मान्छे छोराछोरी र पत्नीसहित घर पुग्दा गाउँले पनि खुसी छन् । याे समाचार चिना बि.कले. राजधानी समाचारमा लेखेकी हुन् ।

प्रकाशित मिति August 8, 2019
Loading...