बाल-बालिकाकाे काम देखेर अभिभावकहरू दङ्ग, गाउँलेहरू चकित

तनहुँ २४ साउन- बालबालिकाहरू कसैले हातमा कोदालो लिएर, कसैले हातमा हँसिया तथा ठेला लिएर गोलो भेला भएपछि..

हरेक हप्ताको शनिबार उत्रा-उत्रै (७ वर्षदेखि १३ वर्षसम्मका ) बालबालिकाहरू कसैले हातमा कोदालो लिएर, कसैले हातमा हँसिया तथा ठेला लिएर गोलो भेला हुन्छन् । भेला भएर सबै गाेलाे घेरा बनेर भुइँमा बस्छन् । बसेपछि एकजनाले झोलाबाट माइन्युट र कलम निकाल्छन् अनि फटाफट उपस्थिति उतार्दै बैठकको एजेन्डा तयार पार्छन् । आज के गर्ने ? उनीहरू छलफल गर्छन् ।

तीन कक्षादेखि सात कक्षासम्म पढ्ने स-साना विद्यार्थीहरूको उपस्थिति र छलफल भए पनि विषय बस्तुहरू भने कलेज पढ्ने विद्यार्थीका भन्दा कम हुँदैनन् । उनीहरूले समाजमा रहे/भएका गहन विषय उठाउछन् । विषय छनाेट भएपछि पालैपालो आफ्नो भनाइ राख्छन् ।

तनहुँ स्थित म्याग्दे गाउँपालिका वडा नं १ गुणादीका बालबालिकाहरूले हरेक शनिबार यसै गर्दै आएका छन् । शनिबार मात्रै हाेइन बिदा दिन पनि उनीहरूले यसै गर्छन् ।

समाज विकास निर्माणका दृष्टिले पछाडि परेपछि गुणादी बालबालिकाहरू आफै अग्रसर हुन थालेका हुन् । गाउँमा युवाहरू छैनन्, स्कुल जाने र आउने बाटो भत्किएकाे छ । बाटाे हिलो र झाडीले भरिएकाे छ,विद्यालय जाँदा-आउँदा उनीहरूले जहिले पनि सास्ती खेप्नु परेको छ ।

त्यसैले उनीहरूले एउटा समिति नै गठन गरेका छन् । जसमा अध्यक्षको रूपमा ११ वर्षका शाश्वत खनाल , उपाध्यक्षमा १० वर्षीय अनिल थापा, सचिवमा १२ वर्षीय रोशन खनाल, कोषाध्यक्षमा १० वर्षीय अच्युत खनाल सहितका छन् । त्यस्तै हरेक हप्ता प्रतिव्यक्ति २५ रूपयाँका दरले उनीहरूले पैसा जम्मा गर्छन् । पैसा कति जम्मा भयो ? ब्याज कति आउँछ ? सबै हिसाब गर्दछन् र पारदर्शी तरिकाले राख्छन् ।

आँफुहरूकै उमेर अवस्थाका कोही बालबालिका पैसाको अभावमा स्कुल जान नसक्ने देखेमा त्यही उठाएको पैसा सहयोग गर्ने लक्ष्य तथा उद्देश्यका साथ मासिक रकम जम्मा गरेकाे उनीहरू बताउँछन् ।

फोहोर जम्मा गर्नका लागि कुहिने प्रकृतिका र नकुहिने प्रकृतिका दुई वटा छुट्टाछुट्टै खाल्डो खनेका छन् । बालबालिकाको यस किसिमको काम र अभियान देखेर अभिभावकहरू दङ्ग छन्, साथै गाउँलेहरू पनि अचम्मित परेका छन् ।

सानै उमेरमा पनि यस्ताे किसिमको सामाजिक चेतना जगाउने खालको काममा सक्रिय भएर लाग्नु, समाजमा रहेका ठूलाबडा मानिसहरूलाई नैतिकताको पाठ सिकाउने क्षमता राख्नु पनि सानोतिनो काम र अभियान नभएको स्थानीय राजु खनाल बताउँछन् ।

‘मेरो बुवा पनि सामाजिक काम भनेपछि हुरुक्कै हुनुहुन्थ्यो र घरको काम छोडेर जानुहुन्थ्यो, तर ३/४ वर्ष अगाडि स्वर्गवास हुनुभयो ।’ स्थानीय खनालले भने, ‘अहिले त्यही बिडा नातिले धान्न लागेको छ ।’

बालबालिकाको त्यस अभियानले सबै प्रभावित छन् । अहिले हिँड्ने बाटोका खाल्डाखुल्डी पुरिएका छन् । पालैपालो बोल्ने गर्दा बालबालिकामा बोल्ने बानीको विकास भएको छ । अगाडि उभिएर ढुक्कसँग बोल्न सक्ने भएका छन् ।

कसलाई कसरी सम्बोधन गर्ने, आफ्नो जिम्मेवारी के ? कसरी निर्वाह गर्ने ? यी आदि कुराहरूले उनीहरूमा व्यक्तित्व विकास गराएको छ । बालबालिकाहरू समाजका नमुना बन्दै अगाडि बढेका छन् । स्राेतः न्यूज २४ टिभी

याे पनि पढ्नुहाेस्ः

टमाटरको जुस पिदा यस्ताे फाइदा हुन्छ, पढ्नुहाेस्

अनावश्यक बोसो लागेको भद्दा शरीर कसलाई पो मन पर्ला र मोटो शरीर रोगको घर हो भन्दा अत्युक्ती नहोला । आजकल तौल बढेर सबैलाई समस्या भइरहेको छ । वजन घटाउनका लागि डाइटिङ गर्ने वा जिम धाउने काम गर्छन् कोहीकोही । तर टमाटरको जुस पिउँदा पनि वजन कम हुन्छ ।

जुसमा भएको एन्टीअक्सिडेन्ट र मिनरल्सले वजन घटाउन मद्दत गर्छ । गोलभेंडाले शरीरको मेटाबोलीजम पनि बढाउँछ अनि बोसो गलाउँछ ।
गोलभेंडाको जुस घरैमा सजिलै बनाउन सकिन्छ ।
जुस बनाउने विधि

यसका लागि तपाईं पाकेको दुईवटा टमाटर लिनुस् । यसका साथै आधी चम्चा मरिच र दुई चम्चा मह लिनुस् ।
बनाउने तरिका
शुरुमा टमाटरलाई मजाले पिँध्नुस् र रस निकाल्नुस् ।
मरिचको धूलो बनाउनुस् ।

टमाटरको रस र मरिचको धूलो मजाले फेंट्नुस् ।
यो मिश्रणलाई एउटा गिलासमा हाल्नुस् र त्यसमा दुई चम्चा मह हाल्नुस् ।
जुस तयार भयो ।
यस्तो जुस दिनदिनै बिहान खाली पेटमा पिउनुस् ।

प्रकाशित मिति August 9, 2019
Loading...