बहिनीको ग्राहक बनेर आफ्नै दाजु पुगेपछि…

पाेखरा २५ साउन- राम्रो कामको चाहनामा एक व्यक्तिको जालमा फसेर एक युवती दिल्लीको जीबी रोडमा रहेको एउटा कोठीमा बेचिन पुगिन् । युवतीलाई एक व्यक्तिले फकाइ फुल्याइ दिल्ली पुर्याए र कोठीमा बेचिदिए । त्यहाँ उनलाई जबरजस्ती देश व्यापारमा संलग्न गराइयो ।

यसको जानकारी पाएपछि युवतीका दाजु पहिले ग्राहक बनेर कोठीमा पुगे । त्यहाँ उनले सबै माहोल बुझे र बहिनीलाई आश्वस्त बनाए । त्यहाँबाट निस्किएर उनले दिल्ली महिला आयोग र सम्बन्धित थाना पुलिसमा गएर यसबारे सबै कुरा बताए । उ*जुरीपछि दिल्ली महिला आयोग र पुलिसले छापा मा*रेर युवतीलाई मुक्त गराए । पुलिसले कोठी संचालिकालाई प*क्राउ गरेको छ ।

अमर उजालाको समाचार अनुसार यी युवती मूल रुपले पश्चिम बंगालकी हुन् । उनी नामी कम्पनीमा नेटवर्किङ व्यवसायको काम गर्थिन् । यी युवतीलाई ती दलालले गएको ८ जूनमा अझै राम्रो काम दिलाउने आश्वासन दिएर दिल्ली ल्याएका थिए ।

दिल्ली ल्याएपछि उनले युवतीलाई जीबी रोडको कोठीमा बेचिदिएका थिए । युवतीका दाजुले यसबारे थाहा पाएर सबै जाँचबुझ गरेपछि ८ अगष्टमा दिल्ली महिला आयोगमा उ*जुरी गर्न पुगेका थिए ।

याे पनि पढ्नुहाेस्ः
हिन्दी सिनेमाकी दिग्गज कलाकारको स्थिती नाजुक, भेन्टिलेरमा राखियो

९० को दशककी चर्चित नायिका विद्या सिन्हा मुम्बईको सिटी केयर अस्पतालमा भर्ना छिन् । उनको स्थिती निकै नाजुक बताइएको छ जसका कारण उनलाई भेन्टिलेटरमा राखिएको एक भारतीय मिडियाले जानकारी दिएको छ ।

एक वेबसाइटको रिपोर्ट अनुसार विद्या सिन्हालाई दुई दिनअघि निकै नाजुक स्थितीमा अस्पताल पु‌र्याइएको थियो । उनको फोक्सो र मुटुमा समस्या देखिएको अस्पतालले बताएको छ ।

नायिका विद्या सन् २००९ मा आफ्नो नीजि जीवनका कारण निकै चर्चामा आएकी थिइन् । त्यतिबेला उनले आफ्ना दोस्रो श्रीमान् नेताजी भीमराओ सालुंखेमाथि मानसिक र शारीरिक तनाव दिएको आरोप लगाएकी थिइन् । त्यसको केही दिन पछि नै उनीहरुको सम्बन्धविच्छेद भएको थियो ।

स्मरण रहोस्, विद्याले पहिलो विवाह आफ्ना छिमेकी एवं तमिल ब्राह्मण वेंकटेश्वर अय्यरसँग सन् १९६८ मा गरेकी थिइन् । दुबैले एक छोरी जान्ह्वीलाई अडप्ट गरेकी थिइन् र सन् १९९६ मा अय्यरको मृ*त्यु भएको थियो ।

प्रकाशित मिति August 10, 2019
Loading...