बाइकमा चढेर केटीहरुको घाँटीको सिक्री लुछ्ने तीनजना चोर प*क्राउ

पाेखरा २५ साउन- केही समय अघि राजधानीमा दिनहुँ जसो सिक्री लुछ्ने घटना हुन्थे। पीडित सबै महिला हुन्थे। भन्थे : बाइकमा हुत्तिएर आएका मान्छेले मेरो घाँटीको सिक्री तानेको पत्तै पाइएन।

निमेषभरमै घाँटीमा लगाइरहेको सिक्री लुछिएपछि पत्याउन सजिलो हुन्न। यसरी सिक्री लुछ्नेको एउटा समूहमा कम्तीमा एकदेखि बढीमा तीन जनासम्म हुन्थे। समूह धेरै थिएनन्।

प्रहरीले यी समूहलाई विस्तारै नियन्त्रणमा लियो तर निमिट्यान्न भने भएनन्। पछिल्ला वर्षहरुमा राजधानीमा सिक्रि लुछ्ने ‘स्न्याचिङ’का घटना पातलै थिए। तर पछिल्ला केही महिनामा यी घटना ह्वात्तै बढेको काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होबिन्द्र बोगटी बताउछन्।

‘हप्तामा दुई तीन वटा घटनाहरु भइरहन्छन्। एकाएक कसरी यो बढ्यो हामीलाई समेत टाउको दुखाईको विषय थियो। किनभने स्न्याचिङ जुन सुकै चोरले सजिलै आँट गर्न सक्दैन’, डीएसपी बोगटी भन्छन्। प्रहरीले अनुसन्धान अगाडि बढायो।सिसिटिभी फुटेजबाट अनुसन्धान सुरु भयो। अनि पछि लाग्यो- सिल्भर रङको २ सय सिसीको बाइकमा हिँड्ने दुई जना व्यक्ति पछाडि।

प्रहरीको निष्कर्श थियो- पछिल्लो समय आइरहेका उजुरीमा संलग्न यीनै व्यक्ति हुन् किनभने एकै रङको बाइक प्रयोग भएको थियो सबै घटनामा । ओखलढुंगाका ३९ वर्षीय टमबहादुर सुनुवार, रामेछापका ३४ वर्षीय टलकबहादुर रायमाझी र प्रकाश सुनुवारबीच कास्की कारागारमा आपसमा चिनजान भएको थियो।

टमबहादुर अन्य चोरीको मुद्धामा जेल छिरेका थिए भने टलक र प्रकाश भने स्न्याचिङकै अभियोग थियो। पहुँचका आधारमा प्रकाश करिब एक वर्ष जेल बसेपछि आम माफी पाएर छुटे। टलक भने तीन वर्षभन्दा बढी समय कारागार बसे। यी तीनै जना दुई वर्षअघि जेलबाट छुटिसकेका थिए।

तर चोर्ने लत फेरिएन। प्रकाश र टमबहादुर बाइक लिएर स्न्याचिङ गर्न थाले। टम बाइक कुदाउँथे‍ भने प्रकाश पछाडि बसेर सिक्री लुछ्थे‍। विस्तारै उनिहरुको सम्पर्कमा रायमाझी पनि पुगे। रायमाझीले लुछिएको सिक्रीको व्यवस्थापनको जिम्मा पाएका थिए। त्यसका लागि उनले ललितपुरको बालकुमारीमा रहेको एक सुन पसलमा काम गर्ने भारतीय नागरिक ३४ वर्षीय देवासिस दोलहीलाई सम्पर्कमा ल्याए। देवासिस सुन बनाउने कालिगढ हुन्। लुटिएको सुनलाई गाल्ने काम दोलहीको थियो।

काठमाडौं प्रहरीले शुक्रबार प्रकाशबाहेक तीन जनालाई पक्राउ गरेको छ। ‘ ठुलो तनाव कम भएको छ। किनभने स्न्याचिङका कारण जनगुनासो निकै थियो’, डीएसपी बोगटी भन्छन्।

याे पनि पढ्नुहाेस्ः
चुनावमा चन्दा लिएकाले सिमेन्टको मूल्य बढ्दा बोल्न सकेनौं : मन्त्री यादव

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले चुनावमा उद्योगीले चन्दा दिएका कारण छड र सिमेन्टको मूल्य बढाउँदा आफूहरु बोल्न नसकेको स्वीकार गरेका छन् ।शुक्रबार नेपाल सिमेन्ट उद्योग संघले गरेको कार्यक्रममा मन्त्री यादवले चुनावमा चन्दा दिएर उद्योगीले छड र सिमेन्टको मूल्य बढाएको बताए ।

‘चुनावको बेला थियो चन्दा लियौं तर पछि झ्याप्पै मूल्य बढाइदिनुभयो, हामी बोल्नै सकेनौं’ उनले भने,’ व्यवसायीले चन्दा दिए भनेको त पछि थाहा भयो जनताबाटै डाँढेर दिने रहेछन् । अबदेखि चन्दा सामाजिक उत्तरदायित्वको कोषबाट दिनुस् ।

आपूर्तिमन्त्री यादवले उद्योगको विकल्प अरू हुन नसक्ने भन्दै सहयोगका लागि मन्त्रालय तयार रहेको बताए । व्यावसायीहरू पनि इमान्दार हुनुपर्ने भन्दै उनले भने, ‘कानुन सबैका लागि बराबर छ । सिस्टम बसाल्न खोज्दा झन्जट नमान्नुस् ।’

प्रकाशित मिति August 10, 2019
Loading...