लामो कपाल भएको गाउँ, जहाँ कपाल हेर्ने पर्यटककाे भीड हुन्छ (फोटो फिचर)

पाेखरा २५ साउन- पर्यटन प्रवर्द्धनका अनेक तरिका हुन्छन् जस्तै एउटा गाउँले महिलाहरुको लामो कपालका कारण पर्यटनको केन्द्र बनेको छ र त्यहाँ हरेक वर्ष झण्डै ८० हजार पर्यटक महिलाको लामो कपाल हेर्नकै लागि आउँछन् । आंग्झी प्रान्तस्थित हुआन्गुलो गाउँ लामो कपाल भएका महिलाहरुको गाउँ हो ।

उक्त गाउँका ८० जना महिला यस्ता छन् जसको कपालको लम्बाई १.४ मिटर देखि २.२ मिटरसम्म छ । महिलाहरुको लामो कपालकै कारण यो गाउँ दुनियामा चर्चित छ । महिलाको कपाल हेर्नकै लागि वर्षेनी ८० हजार पर्यटक उक्त गाउँमा पुग्ने गरेका छन् ।

यी महिलाहरुलाई रेड याओ पनि भनिन्छ । महिलाहरु प्रायः रातो रङको कपडा लगाउँछन् । आफ्नो लामो कपाललाई लिएर महिलाहरु निकै गौरवान्वित हुन्छन् ।यो गाउँ दुनियाको सबैभन्दा लामो कपाल भएका महिला भएको गाउँ पनि हो र यसले गिनिज बुकमा आफ्नो नाम दर्ज गराइसकेको छ ।

सन् १९८७ सम्म त्यहाँका महिलाहरुले आफ्नो कपाललाई खुल्ला बाहिर देखाउँदैनथे । केवल महिलाले पति र आफ्ना छोराछोरीको अगाडि मात्र कपाल देखाउने चलन थियो । कपाल नुहाउँदा समेत निलो स्कार्फले छोपेर नुहाउने गर्थे । तर समय बदलिँदै गयो । कपाल छोप्ने परम्परा मात्र हटेन महिलाको त्यो कपाल गाउँको गौरव बनेको छ ।

हेर्नुहाेस् केही तस्विरः

याे पनि पढ्नुहाेस्ः
अब मान्छे होइन, हेलमेट बस्छ लाइनमा, स्वयम्भू यातायात कार्यालयको दृश्य

एक्काइसौं शताब्दी सूचना र प्रविधिको युग । हरेक कार्यालयमा अहिले डिजिटलमय भएका छन् । निजी कार्यालयले धेरै भयो अनलाइन प्रणालीको विकास गरेको ।

सरकारी कार्यालय भने अझै पनि पुरानै ढर्रामा चलेको उदाहरण स्वयम्भूस्थित यातायात कार्यालय बनेको छ । हुन त एकान्तकुना, भक्तपुरको सल्लाघारी, सतुंगलस्थित यातायात कार्यालयमा पनि घन्टौंसम्म लाइनमा बस्नुपर्ने झन्झट बेहोर्नुपर्छ ।

उल्लिखित समाचारको तस्बिर जहाँ हेलमेट लाइनमा राखिएको छ । स्वयम्भू यातायात कार्यालयमा कर तिर्न सेवाग्राहीले हेल्मेट, बोतल, ब्याग र ढुंगासम्म राखेर आफ्नो ठाउँ सुरक्षित गर्दै छन् । यसले नेपाल डिजिटल युगमा गइसकेको भन्ने सञ्चारमन्त्रीको घोषणालाई जिस्क्याउँदैन र ?

प्रकाशित मिति August 10, 2019
Loading...