श्रीमानले घर न घाटको बनाएपछी ४ वर्षकी छोरीको भविष्य खोज्दै (भिडियो)

पाेखरा २५ साउन- श्रीमानको यातना साहना नसकी काठमाडौँ छिरेका द्रोना कुमारी बिक अहिले गायिका कविता लामासंग बस्ने गरेकी छन् । कविताले द्रोणा कुमारीलाई कलंकीमा भेटेकाे बताइन् । कविताको भाफलमा सानो होटल छ जहाँ द्रोणा कुमारीलाई बस्न दिएकी छिन् ।

द्रोणा कुमारी अहिले कविताको होटलमा काम गर्दै बस्ने गरेकी छिन् । उनको ४ वर्षको छोरी छिन । छोरीको भविष्य खोज्दै उनि काठमाडौँ छिरेको बताइन् । आफुलाई मदिरा सेवन गरि श्रीमानले कुट*पिट गरेपछि श्रीमान छाेड्न बाध्य परेकाे बताइन् ।

द्रोणा कुमारीको दुवै खुट्टाको पैताला छैन उनि सधै जुत्ता मात्र लगाएर हिड्ने गर्छिन । आफुलाई भन्दा नि छोरीको धेरै पिर भएको उनि बताउँछिन । आफ्नो छोरीलाई पढाउन नसक्दा छोरीको भविष्य बिग्रिने डर उनीमा छ ।

हेर्नुहाेस् भिडियाेः

याे पनि पढ्नुहाेस्
अब कैदीले जेलभित्रै यौ*न सम्पर्क गर्न पाउने

कैदीलाई प्रजनन अधिकार दिने गरी कारागार ऐन मस्यौदा तयार भएको छ। गृह मन्त्रालयअन्तर्गत कारागार व्यवस्थापन विभागले तयार पारेको मस्यौदामा सन्तान नभएका कैदीलाई प्रजनन अधिकार दिने व्यवस्था प्रस्ताव गरिएको छ।

मस्यौदामा सन्तान नभएका तर सन्तान जन्माउन इच्छुक कैदीबन्दीलाई सात प्रदेशका सातवटा कारागारभित्र यौ*न सम्प*र्कका लागि दम्पती भेट्ने विशेष व्यवस्था गरिने उल्लेख छ।

मस्यौदामा सन्तान नभएका तर सन्तान जन्माउन इच्छुक कैदीबन्दीलाई सात प्रदेशका सातवटा कारागारभित्र यौ*न सम्प*र्कका लागि दम्पती भेटको विशेष व्यवस्था गरिने उल्लेख छ। मस्यौदा अनुसार कैदीबन्दीको उमेर, कैद अवधि, वैवाहिक अवस्था, सन्तान भएनभएको, सन्तान जन्माउन इच्छुक र अपराधको प्रकृति हेरेर मात्र यस्तो सुविधा प्रदान गरिनेछ।

विभागका उपसचिव एवं सूचना अधिकारी वासुदेव घिमिरेले कैदीबन्दीलाई प्रजनन अधिकार दिने नयाँ व्यवस्था समेटिएको कारागार ऐन मस्यौदा मन्त्रिपरिषद्मा पुगेको बताए।

१० वर्षअघि सर्वोच्च अदालतका न्यायधीशद्वय बलराम केसी र गिरिशचन्द्र लालको संयुक्त इजलासले कैदीहरुलाई प्रजनन अधिकार प्रदान गर्न सरकारलाई आदेश दिएको थियो। विभागले सोही आदेशमा टेकेर कैदीलाई प्रजनन अधिकार दिनेगरी ऐन मस्यौदा तयार गरेको हो। समाचार आजको नागरिक दैनिकमा लेखिएकाे छ ।

प्रकाशित मिति August 10, 2019
Loading...