चेपाङ र बाहुनीकाे बिहे, ससुरालीले अस्वीकार गर्दा यस्ताेसम्म दुःख ! (भिडियो)

पाेखरा २६ साउन- युवा वैज्ञानिक सरोज प्रजा (चेपाङ) ले अन्तरजातिय बिवाह गरे । सरोजले सर्लाही निवासी आशिका अधिकारीसँग प्रेम गरेका थिए । उनीहरुको बिवाहलाई आशिकाको परिवारले भने अझै स्वीकारेको छैन ।

सरोज र आशिकाले झण्डै डेढ वर्ष अघि भागेर बिवाह गरेका हुन् ।उनीहरुको अहिले ६ महिनाको छोरी छिन् । पारा मोटर उडाएर चर्चामा आएका सरोज पहिलो पटक श्रीमतीसहित मिडियामा आएका छन् ।

आशिकाको परिवार पहिले सरोजको स्थायी घर रहेको ठाउँ चितवनको राप्ती नगरपालिकामै बस्थ्यो । तर, उनीहरुको प्रेम सम्बन्धबारे थाहा पाएपछि आशिकाको परिवार त्यहाँबाट सर्लाही सर्यो ।

परिवारले स्वीकार्ने अवस्था नदेखिएपछि आशिका भागेर चितवन आइन् । अहिले यो जोडी खुशीका साथ जीवनयापन गरिरहेको छ । सरोजले आफ्नो काममा श्रीमतीले पूर्ण सहयोग गर्ने गरेको बताए । कुराकानीमा उनीहरुले एकअर्का प्रतिको प्रेम दर्शाएका छन् ।

हेर्नुहोस् भिडियोः

याे पनि पढ्नुहाेस्ः
इस्लाम धर्मावलम्बीको महान चाड बकरिद सोमबार मनाइने

इस्लाम धर्मावलम्बीको महान चाड बकरिद (ईदुजोहा) सोमबार मनाइने भएको छ । बकरिद रमजान अर्थात इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजानको ७०औँ दिनमा मनाइने यो पर्वमा आर्थिक रूपमा सवल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् ।

यस पर्वमा अल्लालाई खुशी पार्न मुसलमान समुदायले धर्मअनुसार जायज मानिएका जनावरलाई कुर्बानी (बलि) दिने गर्दछन् ।बलि दिइएका पशुको मासु तीन भाग लगाई एक भाग गरीबलाई, अर्को भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफै खाने धार्मिक मान्यता छ । भोलि सोमबार यो पर्व मनाउनका लागि मुसलमानले सबै किसिमका तयारी गरेका छन् ।

प्रकाशित मिति August 11, 2019
Loading...