काठमाडौं उडेका ४ वटा हेलिकप्टर एकैपटक धानखेतमा आकस्मिक अवतरण

मनाङको एउटा र सिम्रिकका २ वटा हेलिकप्टरमा ६÷६ जनाका दरले १८ जना र कैलास हेलिकप्टरमा ३ जना गरी २१ जना यात्रु

सोलुखुम्बुको लुक्लाबाट काठमाण्डौ उडेका चार वटा हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण गरिएको छ ।

मौसममा खराबी आएपछि सिम्रिक एअरका २ वटा, मनाङ एअरको एउटा र कैलाश एअरको एउटा हेलिकप्टर काभ्रेको पाँचखालमा आकस्मिक अवतरण भएको हो ।

चारवटा हेलिकप्टर पाँचखाल नगरपालिका–२ मा धानखेतमा अवतरण भएका छन् ।

हेलिकप्टर रहेको स्थानमा पुग्नुभएका प्रहरी निरीक्षक (एसपी) रुपाल अधिकारीका अनुसार मनाङको एउटा र सिम्रिकका २ वटा हेलिकप्टरमा ६÷६ जनाका दरले १८ जना र कैलास हेलिकप्टरमा ३ जना गरी २१ जना यात्रु रहेका छन् ।

हेलिकप्टरमा केही विदेशी यात्रु पनि रहेको उहाँले जानकारी दिनुभयो । सबै २१ जना यात्रु सुरक्षित रहेको प्रहरी निरीक्षक अधिकारीले बताउनेभयो ।

प्रकाशित मिति September 17, 2019
Loading...