‘कबड्डी कबड्डी कबड्डी’ प्रिमियरमा लामो समयमा देखिइन् नायिका शिल्पा (भिडियो)

पाेखरा ३ असाेज- आज बाट रिलिज भएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को हिजो राजधानी स्थित जय नेपाल हलमा भव्य प्रिमियर भएको छ। रामबाबु गुरुङ्ग निर्देशित चलचित्रको तेश्रो सिक्वेलले प्रिमियरमा राम्रो तारिफ बटुलेको छ ।

राजधानीमा आयोजित भव्य प्रिमियरमा सेलिब्रेटीको राम्रो उपस्थिति रहेको थियो। सिताराम कट्टेल, कुञ्जना घिमिरे, अशोक शर्मा, माधव वाग्ले, दिपाश्री निरौला, बर्षा राउत, एलिशा राई, सन्जोग कोईराला, सृजना सुव्वा लगायतका कलाकरको उपस्थिति रहेको थियो। चलचित्रमा दयाहाँगा राइ, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, बुद्धि तामाङ्ग, लुनिभा तुलाधर, विजय बराल लगायतका कलाकारको अभिनय रहेको छ।

प्रिमियरमा उपस्थित अधिकांशले चलचित्रको खुलेर तारिफ गरेका छन्। चलचित्रमा दयाहाँगा राइ, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, बुद्धि तामाङ्ग, लुनिभा तुलाधर, विजय बराल लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रले राम्रो ओपनिङ्ग गर्न सफल भएको छ। मल्टिप्लेक्समा राम्रो शोज पाएको चलचित्रको इनिशियल व्यापार राम्रो गर्ने अपेक्षा गरिएको छ। बिशेष गरि चलचित्रमा मुख्य भूमिकामा रहेकी अभिनेत्री उपासना सिंह ठकुरीले राम्रो तारिफ पाएकी छिन्।

हेर्नुहाेस् भिडियाेः

याे पनि पढ्नुहाेस्ः
एक्कासी टोक्न खोजेको विषालु सर्पलाई दिपकले टाउकोमा एक झापड कसेर हानेको भिडियो भाइरल

दीपक देशमुखलाई सर्प मित्र भनेर चिनिन्छ । सर्पका साथी दीपक देशमुखसँग यस्तो कला छ की उनले जुनै सर्पलाई पनि आफ्नो नियउन्त्रणमा लिन सक्षम देखिन्छन् ।

चाहे सामान्य सर्प होस् वा अत्यन्तै विशालु सर्प त्यसलाई केही मिनेर हेरेर अध्ययन गरेपछि उनले सामान्य अवस्थाबाट नै त्यसलाई नियन्त्रणमा लिने तागत राख्छन् । यो भिडियोमा पनि दिपकलाई सुरुमा नटेरेको सर्पलाई उनले एक झापड लगाएपछि भनेको मानेको देख्न सकिन्छ ।

हेर्नुहाेस् भिडियाेः

प्रकाशित मिति September 20, 2019
Loading...