६ बर्ष देखि आकाशमा जहाज उडाउदै आइरहेकी नेपाली चेली

पाेखरा १७ असाेज- महिलाले साहसिक काम गर्न सक्दैनन् भन्ने मान्यता भएका व्यक्तिहरुले महिलाहरुले पाइलटको पेशा अपनाउनुलाई अझै पनि आश्चर्यको रुपमा लिने गर्छन् तर पेमा लामाको साहसले यो मान्यता चिरेको छ। सन् १९९१ मा सोलुको फाप्लुमा जन्मिएकी पेमा २०१२ देखि बुद्ध एयरमा पाइलटको रुपमा कार्यरत छिन्।

केटी मान्छे भएर जहाज उडाउन डर लाग्दैन?’ पेमा लामालाई धेरैको प्रश्न यही हुन्छ।

नेपालमा जम्मा २९ जना महिलाहरुले विमान उडाउने पाइलटको लाइसेन्स प्राप्त गरेका छन्। तीमध्ये पेमा पनि एक हुन्। एसएलसी दिएपछि पेमा उच्च शिक्षा हासिल गर्न सन् २००५ मा काठमाडौं आईन् । केटी मान्छे भएर जहाज उडाउन डर लाग्दैन?’ पेमा लामालाई धेरैको प्रश्न यही हुन्छ। विगत ६ वर्षदेखि बुद्ध एयरको जहाज उडान गर्दै आएकी पेमा लामा यस्तो प्रश्न सोध्नेहरुलाई उत्तर दिन्छिन्, ‘डर होइन, जहाज उडाउन पाउँदा गर्वको महसुस हुन्छ।’ हो,

उनलाई वातावरण विज्ञान पढ्ने मन थियो। तर उनका बाबाको चाहनाचाहिँ छोरी पाइलट बनिदिए हुन्थ्यो भन्ने थियो। पाइलट पेसाबारे जान्न उनले आङ्गेलु शेर्पासँग सल्लाह सुझाब मागिन्

हिमालयन ह्वाइट हाउस कलेजबाट विज्ञान विषय लिएर +२ अध्ययन गरिन्। +२ अध्ययन सकियो। त्यसपछि के गर्ने? अन्योलमा परिन् उनी। उनलाई वातावरण विज्ञान पढ्ने मन थियो। तर उनका बाबाको चाहनाचाहिँ छोरी पाइलट बनिदिए हुन्थ्यो भन्ने थियो। पाइलट पेसाबारे जान्न उनले आङ्गेलु शेर्पासँग सल्लाह सुझाब मागिन् ।जो बुद्ध एयरमा पाइलटका रुपमा कार्यरत थिए।

शेर्पाले पेमालाई पाइलट पेशासम्बन्धी पुस्तक ‘फ्रम द ग्राउण्डअप’ पढ्न सुझाब दिए। सो पुस्तक पढ्न सुझाव दिने तिनै आङ्गेलुसँग उनको ‘इन्गेज्मेन्ट’ भइसकेको छ। आङ्गेलुले सुझाव दिएकै किताब पढिन्, पढेपछि पेमा आफैंलाई पनि पाइलट बनौं-बनौं जस्तै लाग्यो।

उडान सम्बन्धी तालिम लिन नेपाल नागरिक उडड्न प्राधिकरणबाट सिफारिस पत्र लिनु पर्ने हुन्थ्यो। प्राधिकरणबाट सिफारिस पत्र लिएपछि मार्च २००९ मा उनी १५ महिने तालिमका लागि उनी फिलिपिन्स पुगिन्। त्यहाँ उडान सम्बन्धी १५ महिने तालिम लिइन्। सुरुमा उडान सम्बन्धमा सैद्धान्तिक पढाई हुन्थ्यो।सैद्धान्तिक तालिम लिँदासम्म उनलाई पाइलट हुँदाको अनुभव कस्तो हुन्छ, थाहा थिएन। उनको सैद्धान्तिक तालिम सकियो, प्रयोगात्मक पढाई सुरु भयो। त्यसपछि बल्ल उनले उडान तालिमको मज्जा लिन पाइन्। त्यो क्षण सम्झँदै उनले भनिन्, ‘फिलिपिन्समा तालिम लिँदाको १५ महिनामा कहिले तालिम सकिएला नेपालमा फर्केर उडान गर्न पाइएला जस्तो लाग्थ्यो।

२०१० को जुलाईमा तालिम सकेर उनी नेपाल फर्किन्। उनमा जोश र जाँगर पर्याप्त थियो। तर त्यो जोस जाँगर लामो समय टिकन पाएन। कारण थियो, यहाँ बेहोर्नु परेको बेरोजगारी। ४० लाख खर्चेर फिलिपिन्समा उडानसम्बन्धी तालिम लिएकी थिइन्। महङ्गो रकम तिरेर तालिम लिएपनि नेपाल फर्केपछि उनी २ वर्ष बेरोजगार भइन्। दुई बर्षे बेरोजगारीले उनमा पर्याप्त मानसिक आर्थिक तनाब बढायो।

सन् २००९ मा नै पाइलटको तालिम सकेर नेपाल फर्केकी थिइन् उनी। तर लाइसेन्स भने सन् २०१२ मा मात्र प्राप्त गरिन्। लाइसेन्स प्राप्त गरेपछि सेप्टेम्बर २०१२ देखि बुद्ध एयरको विमानको साँचो उनको हातमा पर्याे।

पेमाका भनाईमा, विगतका दिनमा पाइटले जागीर पाउन कठिन थियो। तर पछिल्लो समय नयाँ एयरलाइन्सहरु खुल्दै गरेको हुँदा पहिलेजस्तो कठिन छैन्। तर, लाखौ खर्चेर पाइलटको तालिम लिएपनि खर्च अनुसारको तलव नभएकोमा चाहिँ उनी सन्तुष्ट छैनन्।

२ बर्ष बेरोजगार बनेपछि पाएको विमान उडानको अवसरले जीवनमा सबैभन्दा धेरै खुसी दिएको बताउँछिन् उनी। ‘२ वर्ष जागिर नपाउँदाको पीडा बिर्सने कुरै थिएन, तर विमान उडान गर्दैगर्दा उदाउँदै गरेको सुर्यको मनमोहक दृश्यले ती पीडा बिर्साइदिन्छन्’ पेमा भन्छिन्, ‘स्वर्ग कस्तो हुन्छ, थाहा छैन। तर विमान उडान गर्दा देखिने सेताम्मे हिमाल नै स्वर्ग हो जस्तो लाग्छ।’विमान उडान गर्दाका यिनै रमाइला अनुभवहरुसँगै उनी आफ्नो पेशाप्रति निकै गर्व गर्न थालेकी छन्।

प्रकाशित मिति October 4, 2019
Loading...