महराले बलात्कारको प्रयास गरेको भन्दै रोशनीले दिइन् प्रहरीमा उजुरी, आइतबार अदालतको आदेश लिएर पक्रने तयारी

बलात्कारको प्रयास गरेको भन्दै रोशनी शाहीले निवर्तमान सभामुख कृष्णबहादुर महराविरूद्ध अन्तत: प्रहरीमा उजुरी दर्ता गराएकी छन्। आफूलाई बलात्कार गर्न प्रयास गरेको र त्यसको प्रतिवाद गर्दा आफूमाथि हिंसा गरेको भन्दै उनले नयाँ बानेश्वर प्रहरी वृत्तमा शुक्रबार उजुरी दर्ता गराएकी हुन्।

भोलि आइतबार अदालत खुलेपछि अदालतको आदेश लिएर महरालाई पक्रने तयारी गर्नेछौं’, प्रहरी उच्च स्रोतले भन्यो।

काठमाडौ १८ असोज- महरा रक्सीको बोतल बोकेर शाहीको तीनकुनेस्थित डेरामा पुगेका थिए। त्यो रातको घटनाको भोलिपल्ट शाहीले मिडियालाई महराले आफूलाई बलात्कार र हातपात गरेको बताएकी थिइन्।

भोलिपल्ट उनको अनुहार र जिउमा चोटपटक देखिएको थियो। प्रहरी उच्च स्रोतका अनुसार सो घटना भएको राति प्रहरी उनको डेरामा पुगेपछि पनि उनले महराले आफूलाई बलात्कार गर्ने प्रयास गरेको र शारीरिक हिंसा गरेको बताएकी थिइन्। ‘शाहीको मध्य रातको त्यो बयान पनि प्रहरीले रेकर्ड गरेर राखेको छ’, स्रोतले भन्यो।

घटना भएको पर्सी पल्ट असोज १४ गते प्रहरीले शाहीको डेरामा गएर महराले ल्याएका रक्सीको बोतल, घम्साघम्सीमा भाँचिएको महराको चस्माको खुट्टा र कोठाबाट हतारमा निस्किँदा छुटेको जुत्ताको तलुवालगायत समान प्रहरीले बरामद गरेको थियो। जाँचका लागि ती समान प्रहरीको फरेन्सिक ल्याबमा पठाएको छ।

प्रकाशित मिति October 5, 2019
Loading...