रोशनीले दिइन् महराविरूद्ध बला*त्कार प्रयासको उजुरी : अब के हुन्छ ?

पोखरा १८ असोज- निवर्तमान सभामुख कृष्णबहादुर महाराविरूद्ध अन्तत: रोशनी शाहीले बला*त्कार प्रयासको उ*जुरी दिएकी छिन्। गत आइतबार महराले आफूलाई बला*त्कार गरेको आरोप लगाएकी रोशनीले १२ घण्टा नपुग्दै आफूमाथि दुर्व्यवहार नभएको भनेर आफ्नै बोलीबाट युटर्न लिएकी थिइन्।

घटना नै नभएको बताउने शाहीले शनिबार फेरि बानेश्वर प्रहरीमा गएर बलात्कार प्रयास गरेको भन्दै उ*जुरी लगाएकी हुन्। आइतबार घटेको घटनामा १ हप्ता नपुग्दै विभिन्न खालका अप्रत्याशित मोडहरू देखा परिसकेका छन्। उनले लगाएको आरोप सत्य सावित भए महरालाई ३ वर्ष कैद र तीस हजार रुपैयाँसम्मको जरिवाना हुनसक्ने मुलुकी अपराध संहिता ऐन २०७४ मा उल्लेख छ।

मुलुकी अपराध संहिताको परिचेछेद १८ को २२४ को १ मा कसैले कसैलाई यौ*न दुर्व्यवहार गर्न वा गराउनु हुँदैन भनेर उल्लेख गरिएको छ। २२४ को ३ मा यौ*न दुर्व्यवहार गरेमा तीन वर्ष कैद र तीस हजार रुपैयाँसम्मको जरिवाना हुनसक्ने कुरा उल्लेख छ। मुलुकी अपराध संहिताकै आधारमा महारालाई पनि सोही सजाय हुन सक्ने सम्भावना छ।

उनले भने, ‘किटानी जाहेरी पर्नु घटनाको जानकारी हो। अब अनुसन्धान कुन तवरले अगाडि बढ्छ भन्ने कुरा प्रमुख विषय हो।’

वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले रोशनीका ३ थरिका कुराहरू आएकाले उनको कुरा विश्वासयोग्य छैन भन्ने देखाउने बताए। ‘श्रीमान् काठमाडौं बाहिर हुँदा बलात्कार गरेको भन्ने कुरा आयो। उनी काठमाडौं आएपछि बयान फेरियो। अहिले उनले जाहेरी दिइन्। जसले बीचमा मेलमिलापको प्रयास भएको थियो कि भन्ने शंका उत्पन्न गराएको छ ‘, उनले भने, ‘किटानी जाहेरी पर्नु घटनाको जानकारी हो। अब अनुसन्धान कुन तवरले अगाडि बढ्छ भन्ने कुरा प्रमुख विषय हो।’

उनले भने, ‘बला*त्कार गर्ने प्रयास मात्रै हो भने मुद्दाको गम्भीरता कम भएको छ। तर अहिले नै यही सजाय हुन्छ भन्न सकिने अवस्था छैन। प्रहरीले अनुसन्धान कसरी लान्छ त्यसमा भर पर्छ।’

फौजदारी कानूनका विज्ञ वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले बलात्कार प्रयास गरेको मात्रै हो भने मुद्दाको गम्भीरता कम हुने बताए। उनले भने, ‘बला*त्कार गर्ने प्रयास मात्रै हो भने मुद्दाको गम्भीरता कम भएको छ। तर अहिले नै यही सजाय हुन्छ भन्न सकिने अवस्था छैन। प्रहरीले अनुसन्धान कसरी लान्छ त्यसमा भर पर्छ।’

प्रकाशित मिति October 5, 2019
Loading...