‘हाउसफुल ४’ नायिका कृतीलाई फोटोमा हेर्नुहोस् (फोटो फिचर)

पोखरा २०असोज- बलिउडको हिट सिरिज मध्यको एक ‘हाउसफुल’को नयाँ सिरिजको ट्रेलर सार्वजनिक भएको छ । कमेडी सिरिजको दर्शकको मन जित्दै आएको यसलाई फरहाद समजीले निर्देशन गरेका हुन् । सार्वजनिक ट्रेलरमा ६ सय वर्ष पुरानो र अहिलेको कथालाई देखाइएको छ । यसलाई नै समेटेर ट्रेलर निर्माण गरिएको छ । सार्वजनिक ट्रेलरले फिल्म प्रतिको कौतुहलता झनै बढाएको छ ।

यसमा अक्षय कुमार , रितेश देशमुख , जोनी लिभर , वुमन इरानी , चंकी पाण्डे लगायत छन् भने नयाँ सदस्यको रुपमा बबी देओल , कृति सानोन , पुजा हेग्डे , कृति खरबांडा , राणा डग्गुवती , नवाजुदीन सिद्दिकी देखिनेछन । हाउसफुलको पहिलो सिरिज सन् २०१० मा आएको थियो , जसलाई दर्शकले रुचाए । त्यसपछि सन् २०१२ मा हाउसफुल २ र सन् २०१६ मा हाउसफुल ३ रिलिज भईसकेको छ ।

कमेडि चलचित्र हाउसफुलको चौथो सिरीजको छायाकङ सुरु भएको छ । हाउसफुल ३ सुपर हिट भए पछि यो चलचित्रको क्रेज राम्रै छ । यो चलचित्रमा अर्को नायकको इन्टी्र भएको छ ।

ति हुन् बोबी देबल उनी सलमानको चलचित्र रेस ३मा देखिएका थिए जसमा उनको रोल दमदार रहेको थियो । उनले रेस ३ बाट चर्चा पनि कमाएक थिए । बोबाी देवल चलचित्रमा रहेको जानकारी अक्षय कुमार ले टुइटरमार्फत जानकारी दिएका हुन् ।

प्रकाशित मिति October 7, 2019
Loading...