पाठेघर क्यान्सर भएकी श्रीमतीलाई बचाउन राती ३ बजेदेखि भारी बोक्छन् दिलबहादुर ! सके सहयोग नसके सेयर गराैँ!

काठमाडाैँ २७ असाेज- प्युठान जिल्ला गौमुखी गाँउपालिका वडा नं ३ बस्ने ३९ वर्षिया अम्मी सुनार पाठेघरको मुखको क्यान्सरका कारण थलिएको एक वर्ष भइसक्यो । गाउँमा सानो झुपडी र पाखो वारी मात्र छ, बिरामी भएयता त्यही जग्गा बेच्न खोजेको थिएँ, कसैले किन्न मान्दैनन अम्मीका श्रीमान दिल बहादुर सुनारले दुख पोखे ।

श्रीमतीको उपचारका लागि काठमाडौँ आएको एक वर्ष हुन थाल्यो । उपचारका क्रममा आर्थिक अभाव भएको भन्दै उनले सहयोगको याचना गरेकी छिन् । एक वर्षसम्म अस्पतालमा निकै खर्च भयो । गाउँमा खेतिपाती गरेर जिविकोपार्जन गर्दै आएका दिलबहादुर यतिबेला श्रीमतीको उपचारका लागि राजधानीमा छन् ।उता ८२ वर्षिया बृद्ध आमाको स्याहार गर्ने कोही छैन, यता रोगी श्रीमती पनि सम्हाल्नु पर्यो ।आफुु निकै संकटबाट गुज्रिएको उनले बताए । उता घर कसले सम्हाल्यो होला, केटा–केटीले के खाए होलान उनले पीडा सुनाए ।

श्रीमतीको उपचारका लागि पैसा जुटाउन नसके पछि दिल बहादुरले कालीमाटी तरकारी बजारमा राती तीन वजेदेखि भारी बोकेर पैसाको जोहो गरिरहेका छन् । भारी बाेकेको पैसाले कोठा भाडा तिर्न मात्र ठिक्क हुन्छ, उपचार के ले गर्ने ?दिल बहादुरले निधारको पसिना पुछ्दै आफ्नो बिवशता सुनाए । रोग पहिचान भए यता कम्तीमा ८ लाख रुपैँया रकम खर्च भएको उनले बताए ।अहिलेसम्म ऋणको भरमा उपचार भइरहेको छ, अब त रिण पनि कसैले दिँदैनन्, बाँकी रिन पनि कसरी तिर्ने उनले दुखेसो पोखे ।

दियोपोस्टको कार्यालयमा क्यान्सर पीडित परिवार- २०७५ जेठ महिनादेखि अत्यधिक रक्तश्राब भएपछि अम्मी जिल्ला अस्पताल खलंगा गएकी थिइन् । त्यहाँ उपचार गरेपछि २ महिनासम्म रगत बग्न रोकियो उपचारका लागि पैसा थिएन ।आफन्तसंग २० हजार रुपैयाँ सापटी मागेर उनी काठमाडौँ आएकी थिइन् । डाक्टरले २ वर्षसम्म निरन्तर जाँच गराइरहनु पर्ने बताउँदै आएका छन् ।

२ वर्षसम्म कसरी खर्च धान्ने हाेला उनले सरकारसँग सहयाेगकाे अपिल गर्छन्, भन्छन्- सरकारले निशुल्क उपचार गरदिए हामी जस्ता गरिवलाई राहत हुने थियो, तर हामी गरिवलाई कसैले हेर्दैनन् ।उनले थपे ।

उपचारका लागि राजधानी आए यता अम्मीले छोरा छोरी, बृद्ध सासु र आफुले सम्हालेको घर गृहस्थी निकै सम्झिइन् ।मलाई यती ठुलो रोग लाग्यो, श्रीमानलाई रिणको भारी बोकाएर र छोराछोरीलाई टुहुरा बनाएर मर्ने भएँ उनले पीडा सुनाइन् ।छिटो निको भएर घर जान पाए बृद्ध सासु र छोरा छोरी सम्हाल्थेँ ।अम्मीले आफ्नो मनको कुरा पाेखिन् । सके सहयोग नसके एक सेयर गर्दिनु होला !

प्रकाशित मिति October 14, 2019
Loading...