साउदी अरबमा प्रवासी सवार बस दुर्घ.टना, ३५ जनाको मृ.त्यु

बसमा ३९ जना रहेको मध्ये ३५ जनाको मृ.त्यु

साउदी अरबको मदिना प्रान्तमा बस र ट्रक ठोक्किँदा ३५ जनाको मृ.त्यु भएको छ । प्रहरीका अनुसार प्रवासीहरु चढेको बस अल-अखल क्षेत्रमा बुधबार साँझ करिब सात बजेतिर ट्रकसँग ठोक्किएको थियो । बसमा ३९ जना रहेको मध्ये ३५ जनाको मृ.त्यु भएको प्रहरीले जनाएको छ ।

ट्रकसँग ठोक्किएपछि बसमा आगो लागेको थियो । मृ.त्यु हुनेहरुमा धेरैजसो एसियाली र अरब मूलका नागरिक छन् । घा.इतेहरुलाई अल हमना अस्पतालमा भर्ना गरिएको छ ।

प्रकाशित मिति October 17, 2019
Loading...