रवी लामिछाने प्रधानमन्त्री बन्नु पर्छ, एकै ठाउँमा भएका मन्त्रिहरुले भने: ‘राजनीतिमा आउनुहोस’ (भिडियो)

पाेखरा ३० असाेज- दिपक दिपाको टिमले निर्माण गरेको चलचित्र छ माया छपक्कैले बम्पर ओपनिङ्ग गरे संगै चलचित्र टिमले आज जय नेपाल हलमा विशेष शो आयोजना गरेको छ । सेलिब्रिटीहरु देखि मन्त्रिहरु यस चलचित्र हेर्न हल सम्म पुगेका छन् जसले यस विशेष शोको माहोललाइ रोचक बनायो ।

छ माया छ पक्कै हेर्न भुवन केसी देखि करिश्मा मानन्धरहरु यस शोको मुख्य आकर्षणहरु बन्न पुगे भने मन्त्रिहरुमा बर्षमान पुन, लाल बाबु पण्डित देखि योगेश भट्टराइ सम्म पुगेका छन् ।

याे चलचित्र हेर्न रवि लामिछाने दम्पति पनि पुगे। प्राय कमै देखिने रवि दम्पति यस चलचित्रका लागि समय निकालेर आएका हुन् ।यस चलचित्र हेर्ने गरि आएको उनीहरूले बताएका थिए । भुवन केसी देखि करिश्मा मानन्धरहरु यस शोको मुख्य आकर्षणहरु बन्न पुगे भने मन्त्रिहरुमा बर्षमान पुन, लाल बाबु पण्डित देखि योगेश भट्टराइ सम्म पुगेका छन् । पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल पनि चलचित्र हेर्न पुगेका छन् ।

शुक्रबारदेखि रिलिज भैरहेको चलचित्र ‘छ माया छपक्कै’ले बक्स अफिसमा धुम मच्चाइरहेको छ । चलचित्र हेर्ने दर्शकको संख्यामा कमी आएको छैन । चलचित्रले एक सातामै बक्स अफिसमा लोभलाग्दो आँकडा कमाउनेछ ।

यसैविच, दिपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, जितु नेपालको टिमले अब कुन चलचित्रमा काम गर्लान् भन्ने कौतुहलता पनि चलचित्र बजारमा हुन थालेको छ । फरक नाम र बिना बिदा पनि चलचित्र चलाउने खुबी यो टिमसँग रहेछ भन्ने पुष्टी ‘छ माया छपक्कै’ले गरिदिएको छ ।

हेर्नुहाेस् भिडियाेः

प्रकाशित मिति October 17, 2019
Loading...