जाँदाजाँदै भवन भट्टले सार्वजनिक गरे ‘अचम्मको सम्बन्ध’ (भिडियो)

पाेखरा ३ कात्तिक- गैरआवासीय नेपाली संघ (एनआरएनए)का निवर्तमान अध्यक्ष भवन भट्टले एनआरएनएको दुई वर्षे कार्यकाललाई समेटेर ‘यो कस्तो अचम्मको सम्वन्ध’ भिडियो सार्वजनिक गरेका छन् । एनआरएनएले गत शुक्रबार नयाँ नेतृत्व चयन गरेसँगै भट्टले आफ्नो एनआरएनएको दुई वर्षे यात्राको तस्विरहरु समेटेर आफ्नै आवाजमा एक भिडियो तयार पारी सामाजिक संजालमार्फत सार्वजनिक गरेका हुन् ।

पुनर्निर्माणलाई पहिलो स्थान दिएका गैरआवासीय नेपाली संघ (एनआरएनए)का निवर्तमान अध्यक्ष भवन भट्टले भिडियोमार्फत ‘म, मेरो एनआरएनए र मेरो नेपालको सम्बन्ध’ भन्दै यो सम्बन्धलाई कुनै पनि तागतले हल्लाउन नसक्ने सन्देश दिन खोजेका छन् ।

आफ्नो कार्यकालमा पुनर्निर्माणलाई पहिलो स्थान दिएका भट्टले भिडियोमार्फत ‘म, मेरो एनआरएनए र मेरो नेपालको सम्बन्ध’ भन्दै यो सम्बन्धलाई कुनै पनि तागतले हल्लाउन नसक्ने सन्देश दिन खोजेका छन् । एनआरएनएको दुई वर्षे कार्यकाल सकिए पनि आफ्नो कोशिस र योजना कहिल्यै नसकिने भन्दै भट्टले आगामी दिनमा पनि देशप्रतिको आफ्नो कर्तव्यमा इमान्दारीताका साथ लागिरहने बताएका छन् ।

एउटै छातामुनी राख्ने र देश विकासमा सबैको साथ महत्वपूर्ण हुने भन्दै ‘नयाँ युगको सुरुवात, सवै हात एकसाथ’ भन्ने मूल नारा लिएर एनआरएन अध्यक्षको यात्रा तय गरेका थिए ।

संसारभर छरिएका नेपालीलाई एउटै छातामुनी राख्ने र देश विकासमा सबैको साथ महत्वपूर्ण हुने भन्दै ‘नयाँ युगको सुरुवात, सवै हात एकसाथ’ भन्ने मूल नारा लिएर एनआरएन अध्यक्षको यात्रा तय गरेका थिए । गत असोज २७ गते देखि ३० गतेसम्म सम्पन्न एनआरएनएको नवौं विश्व सम्मेलनबाट भट्टले नेतृत्व हस्तान्तरण गरेका थिए ।

हेर्नुहाेस् भिडियाेः

प्रकाशित मिति October 20, 2019
Loading...