दुर्गेश थापाले मागे माफी, फेरी अपलोड गरे ‘डन आयो डन’ (भिडियोसहित)

गायक दुर्गेश थापाले आफ्नो गीत विवादमा तानिएपछि क्षमा मागेका छन । उनले तिहारको अवसर पारेर सार्वजनिक गरेको गीत ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीत विवादमा तानिनुको साथै जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उजुरी परेको थियो ।

थापाले सामाजिक सद्भाव र सांस्कृति विचलन आएकोप्रति क्षमा मागेका छन् । साथै उनले नयाँ भर्सनमा गीत समेत सार्वजनिक गरेका छन् ।‘मेरो गीतका कारण प्रति.बन्धित गाँ.जा र इलेक्ट्रोनिक माध्यम युट्युब लगायतका च्यानलबाट मदिरा सेवन गर्न प्रेरित गर्दा सामाजिक सद्भाव र सांस्कृतिक विचलन आएकोप्रति क्षमाप्रार्थी छु,’ दुर्गेशले विज्ञप्तिमार्फत भनेका छन् ।

उनले प्रहरीको आग्रहपछि सो गीत युट्युबबाट हटाइसकेको र आगामी दिनमा त्यस्ता सामाजिक, सांस्कृतिक सद्भावमा खलल पुग्ने खालका गीत तथा म्युजिक भिडियो प्रकाशन र प्रशारण नगर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

नयाँ भर्सनको ‘डन आयो डन’ बोलको गीत दुर्गेश थापाको आधिकारिक युट्युब च्यानलमा अपलोड गरिएको छ ।

प्रकाशित मिति October 22, 2019
Loading...