आफ्नो चरित्रहत्या गर्नेहरुलाई सोनिकाको यस्तो कडा जवाफ (भिडियाे)

पाेखरा ६ कात्तिक- नेपालमा पछिल्लो समय चर्चामा रहेकी चर्चित युट्यबर एवं सामाजिक अभियान्ता सोनिका रोकायाले आफुलाई पुजाको नामले चिनाउन थालेकी छिन् । पछिल्ला केही भागहरुमा उनलाई फरक रुपमा देख्न थालिएको छ । एक समय सामाजिक सद्भाव भड्काएको आ*रोप खेपेकी उनले हिजोको गल्तीबाट केही सिक्न खोजेकी छिन् ।

अहिले शहरमा भन्दा गाउँमा मान्छेहरुसँग कुरा गर्न रमाउने उनले आफुलाई पहिले भन्दा ठ्याक्कै विपरीत बनाएर देखाउन थालेकी छिन् । उनी हिजोका दिनमा आफुले सोचेर भन्दा पनि अरुले गरेको देखेर पश्चिमा फेसन नक्कल गरेको बताउँछिन् । उनलाई विगतका केही वर्षहरुमा गरेका कार्यहरुप्रति पश्चाताप छ । यो भन्दा पहिले पनि उनले समयसमयमा सामाजिक चासोका विषयमा आफ्ना विचार राख्दै आएकी थिइन् ।

रेडियो, भिजे हुँदै युट्यबरसम्म आउँदा आफुले धेरै कुरा देखेको र भोगेका कारण आफुले हिजोको यात्रा बन्द गरेको उनले जानकारी दिइन् ।

आज उनी सही मार्गमा आउँने कुरा गर्दै गर्दा कतिपयले व्यक्तिगत रुपमा आक्रमण गर्दै गर्दा उनलाई राम्रो लागेको छैन । विभिन्न प्रविधिको प्रयोग गरेर चरित्रहत्या गर्न तयार पारिएका तस्बिरका कारण उनलाई समस्या भएको छ । उनी व्यक्तिगत रुपमा जाने ट्रोलहरुका कारण समस्यामा छिन् । उनी यस्तो कार्य तत्काल बन्द नभए कानुनी उपचार खोज्न बाध्य हुने बताउँछिन् ।

आफुलाई अहिले कमजोर बनाउने भन्दा पनि हौसला दिने व्यक्तिहरु आवश्यक भएको उनले जानकारी दिइन् । आफु सबैसँग घुलमिल हुनसक्ने भएको हुँदा विभिन्न व्यक्तिहरुसँग सम्बन्ध भएको भन्दै त्यसलाई गलत्त नबुझ्न उनको अनुरोध छ । उनले आफु पनि नगर्ने अरुलाई पनि गर्न नदिने नेपालीहरुको मानसिकता परिवर्तन हुनुपर्ने कुरामा जोड दिएकी छिन् ।

हेर्नुहाेस् भिडियाेः

प्रकाशित मिति October 23, 2019
Loading...