जिग्री पाँडे अन्याय भयो भन्दै सिधा कुरा जनतासँग स्टुडियोमा पुगे

पाेखरा ६ कात्तिक- नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको टेलिश्रृङखला ‘भद्रगोल’को उत्पादन गर्ने कम्पनी मिडिया हबले ‘जेपीटी प्रोडक्सन’ले उत्पादन सुरु गरेको कार्यक्रम ‘सक्किगोनी’ विरुद्ध कपिराइटको उ*जुरी गरेको छ । मिडिया हबका सञ्चालक सोम धितालले ‘सक्किगोनी’का निर्देशक तथा कलाकार ‘पाँडे’ भूमिकाका अर्जुन घिमिरे र जिग्री भूमिकाका कुमार कट्टेलविरुद्ध ‘पाँडे’ र ‘जिग्री’ भूमिकाचोरी गरेको भन्दै प्रहरीमा उ*जुरी गरेका हुन् ।

उनीहरुबीच २०७४ फागुन २ गते भएको नयाँ सम्झौताको १३ नं. बुँदामा ‘भद्रगोल’को कन्टेन्ट र ‘भद्रगोल’ भित्रको सम्पूर्ण पात्रहरुको चरित्रको दोस्रो पक्षमा निहित रहनेछ, भनिएको छ ।

कलाकारहरुले ‘जिग्री’ र ‘पाँडे’ पात्र पहिले देखिनै आफूहरुले सिर्जना गरेकाले कसैको एकाधिकार नभएको दाबी गर्छन् । मिडिया हब र कलाकारहरुबीच रद्ध भइसकेको सम्झौता देखाएर मिडिया हबले उजुरी गरेको छ । उनीहरुबीच २०७४ फागुन २ गते भएको नयाँ सम्झौताको १३ नं. बुँदामा ‘भद्रगोल’को कन्टेन्ट र ‘भद्रगोल’ भित्रको सम्पूर्ण पात्रहरुको चरित्रको दोस्रो पक्षमा निहित रहनेछ, भनिएको छ । यहाँ दोस्रो पक्ष भनेर कलाकार पक्षलाई जनाइएको छ ।

प्रतिलिपी अधिकार ऐन २०५९ को दफा ९ को उपदफा १ (क) मा आफ्नो प्रस्तुतिलाई प्रस्तुत गर्ने तौर तरिका वा माध्यमको निर्धारण गर्ने र पुनरुत्पादन गर्ने, अधिकार प्रस्तोतामा निहित रहने पनि उल्लेख गरिएको छ ।

त्यस्तै करारको सर्तमा दोस्रो पक्षले उक्त टेलिश्रृङ्खला नियमित रुपमा २०७६ असार मसान्तसम्म समयमै उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ । र उक्त करारनामाको समय पनि सकिएको छ । त्यसपछि मात्र ‘सक्किगोनी’ कार्यक्रम सुरु गरेका थिए । र ‘सक्किगोनी’ कार्यक्रम लोकप्रिय बन्दै गएको धितालले यो बखेडा निकालेको अर्जुन घिमिरे बताउँछन् । प्रतिलिपी अधिकार ऐन २०५९ को दफा ९ को उपदफा १ (क) मा आफ्नो प्रस्तुतिलाई प्रस्तुत गर्ने तौर तरिका वा माध्यमको निर्धारण गर्ने र पुनरुत्पादन गर्ने, अधिकार प्रस्तोतामा निहित रहने पनि उल्लेख गरिएको छ ।

यो बिषयमा अन्य कलाकारहरु पनि अर्जुन घिमिरे ‘पाँडे’ र ‘कुमार कट्टेल’ जिग्रीकै पक्षमा देखिन्छन् । चर्चित हाँस्य कलाकार दीपराज गिरीले फेसबुकमा लेखेका छ्न् ‘पूर्व भद्रगोल र बर्तमान भद्रगोलबीच जुन भद्रगोल भएको त्यसको त्यो अत्यन्त दुखद छ । कलाकारहरु अन्यायमा नपरुन् ।’

त्यस्तै अर्की चर्चित हाँस्य कलाकार दीपाश्री निरौलाले कलाकारहरुलाई अन्यायमा पार्न नहुने बताएकी छिन् । त्यस्तै केदारप्रसाद घिमिरेले कलाकारको श्रृजनामाथि अंकुश लगाउन नहुने बताएका छन् । इता मनोज गजुरेलले कलाकारको सिर्जनात्मक र कलात्मक सम्पतीलाई ‘मिडिया हब’ले ‘सक्किगोनी’लाई सक्किगोनी भन्न नपाउने बतएका छन् ।

प्रकाशित मिति October 23, 2019
Loading...