‘छ माया छपक्कै’ हेरेपछि बाबुरामले के भने ? (भिडियाे)

पाेखरा ६ कात्तिक- केही दिन अगाडि आयोजित विशेष शोमा पुग्न नसकेका पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइले मंगलबार बेलुकी चलचित्र ‘छ माया छपक्कै’ हेरेका छन् । चलचित्र हेर्न सिभिल मल काठमाण्डौ पुगेका बाबुरामले यस्ता चलचित्रलाई सबैले साथ दिनुपर्ने बताएका छन् ।

चलचित्र हेरिसकेपछि उनले भने–‘हल्काफुल्का कमेडी होला भन्ने सोचेको थिएँ । तर, यस्तो होइन रहेछ । यस्तो चलचित्रलाई सबै मिलेर साथ दिनुपर्छ ।’ चलचित्रले उठाएको बिषयवस्तुलाई पनि उनले प्रशंसा गरेका छन् । नेपाली चलचित्र बजारमा हिन्दी चलचित्रको दबदबा रहेको अवस्थामा यस्ता चलचित्रलाई प्रमोट गर्नुपर्ने उनको तर्क छ । यसअघि केही नेताहरुले समेत चलचित्र हेरेर यसको कथावस्तुलाई मन पराएका थिए ।

दिपेन्द्र लामाको निर्देशनमा तयार भएको यो चलचित्रले राजनीतिले अस्तव्यस्त बनाएको समाजमा जनता जागेको खण्डमा के हुन्छ भनेर देखाउन खोजेको छ । चलचित्रले १० करोडको आँकडा पार गरेको निर्माता रोहित अधिकारीले जानकारी दिएका छन् ।

हेर्नुहाेस् भिडियाेः

प्रकाशित मिति October 23, 2019
Loading...