पाकिस्तानमा यसरी लाग्यो रेलभित्रै आगो ? ७३ को मृ’त्यु

पन्जाब स्वास्थ्य मन्त्री डा. यस्मिन रशिदका अनुसार घा’इतेहरुलाई लियाक्वतपुरस्थित अस्पतालमा भर्ना

पाकिस्तानमा रेलभित्र आगलागी हुँदा मृ’त्यु हुनेको संख्या ७३ पुगेको छ । महिला र बालबालिका सहित ४० जना घाइ’ते छन् । घा’इतेमध्ये धेरैको ग’म्भीर अवस्था छ । पन्जाब स्वास्थ्य मन्त्री डा. यस्मिन रशिदका अनुसार घा’इतेहरुलाई लियाक्वतपुरस्थित अस्पतालमा भर्ना गरिएको छ । गम्भी’र अवस्थाका घाइतेलाई भने बहवल भिक्टोरिया अस्पतालमा लगिएको छ ।

यात्रुवाहक रेल कराँचीबाट रावलपिण्डीतर्फ जाँदै थियो । रहिम यार खान जिल्लाको उक्त घट’ना रेलभित्र ग्यास सिलिन्डर पड्की’एर भएको सरकारले जनाएको छ । यात्रुका लागि बिहानको ब्रेकफास्ट तयार गर्ने बेला अचानक सिलिन्डर पड्की’एको हो ।

रेल मन्त्री शेख रशिदका अनुसार धेरैजसो यात्रुले रेलको झ्यालबाट हाम फालेर आफ्नो ज्यान बचाएका थिए । दुर्घट’नाका घाइतेहरुलाई उपचार खर्च वापत ५ लाखका दरले क्षतिपुर्ति दिने रेल मन्त्रीले घोषणा गरेका छन् ।

प्रकाशित मिति October 31, 2019
Loading...