‘प्रेम गीत ३’मा प्रदीप खड्काको यस्तो अवतार

पाेखरा २१ कात्तिक- चलचित्र ‘प्रेमगीत ३’को मोसन टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा चकलेटि नायक प्रदिप खड्का अहिले सम्मकै फरक अबतारमा देखा परेका छन् । चलचित्र प्रेम गीतको पोष्टरमा प्रदिप खड्कालाई हामिले देख्न सकिन्छ । योद्धा अवतारमा तर यो चलचित्रमा उनको निकै फरक अभिनय रहेको छ ।

चैत २८ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘प्रेमगीत ३मा प्रदीप खड्कासंगै शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

यस चलचित्रको टिजर बुधबार सार्वजनिक भएको हो । सन्तोष सेनको निर्देशनमा बनेको यस चलचित्रमा कार्तिक २२ गतेबाट छायाँकन गर्ने तयारीमा रहेको छ । प्रदिप खड्का नायकको भुमिकामा देखा परेका छन् भने नायिकामा क्रिष्टिना गुरुङ रहने बताइएको छ ।

आसुशेन फिल्मस्को ब्यानरमा बन्न लागेको फिल्ममा कल्याण सिंह र एलिश कार्कीको संगीत रहनेछ । फिल्ममा राजेश श्रेष्ठको डिओपी, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी र बनिश शाहरभुपेन्द्र अधिकारीको सम्पादन रहनेछ । योद्धा अवतारमा तर यो चलचित्रमा उनको निकै फरक अभिनय रहेको छ ।

प्रकाशित मिति November 7, 2019
Loading...