अदितिले देखाइन् प्रेमी

पाेखरा २२ कात्तिक- एउटा नेपाली फिल्म खेलेर फेरि मुम्बई फर्किएकी अदिति बुढाथोकीको दोस्रो नेपाली फिल्मको टुंगो छैन। तर, उनलाई इन्स्टामा फलो गर्नेहरूले भने खास न्यास्रो मान्नुपर्दैन। दिनदिनै यस्ता–यस्ता फोटो पोस्ट गर्छिन्, जसले उनको न्यास्रो सजिलै मेटिदिन्छ।

यिनै अदितिले यही हप्ता प्रेमी सार्वजनिक गरेकी हुन्। उनले इन्स्टामा प्रेमीको फोटो राख्दै आफू प्रेममा रहेको संकेत गरेकी छिन्। उनले इन्स्टामा राखेको फोटोमा ‘गुड टाइम्स’ क्याप्सन राख्दै प्रेमीसँग घुम्न गएको फोटो राखेकी छिन्। स्रोतका अनुसार अदितिका प्रेमी र्‍यापर हुन् र उनको नाम अलिम मोरानी हो।

भारतमा बसेर मोडलिङ गरिरहेकी अदितिले त्यहाँ केही म्युजिक भिडियोमा अभिनय गरेकी छिन्। दुई वर्षअघि ‘कृ’मा अभिनय गरेकी अदितिको उसबेला कोस्टार अनमोल केसीसँग पनि नाम जोडिएको थियो। तर यस खबरको पुष्टि भने भएको थिएन। बरु उल्टै अनमोलको नाम सारा सिरपाइलीसँग जोडिएको थियो। मुम्बईमा लामो समय बिताए पनि अदितिले ठूलो प्रोजेक्ट हात पार्न सकेकी छैनन्। अब अलिमको प्रेमले केही कमाल गर्ला कि ?

याे पनि पढ्नुहाेस्ः
‘चुलबुली र गम्भीर रेखा’

आजसम्म थुप्रै कलाकारसँग काम गरिसकेँ। धेरै कलाकारलाई राम्ररी र नजिकबाट चिन्ने अवसर पाएको छु। कलाकारको आनीबानी थाहा पायो भने उनीहरूसँग काम गर्न सजिलो हुन्छ। काम गराइका हिसाबले रेखा थापा मन पर्ने कलाकार हुन्। उनको एटिट्युुड मन पर्छ। उनी आफ्नो काम गम्भीरतापूर्वक गर्छिन्।

रेखा थापा असल अभिनेत्री लाग्छिन्। उनीसँग ‘मन पराएँ माया लाएँ’, ‘शपथ’, ‘गंगाजल’ लगायत फिल्ममा काम गरेको छु। अहिलेसम्म उनीसँग १० वटाजति फिल्ममा काम गरिसकेँ। उनीे जीउज्यान लगाएर काम गर्छिन्। उनीबाट प्रभावित छु। लिइसकेको कामबाट पछि सर्दिनन्। एकदमै मिलनसार छिन्। अनुशासित छिन्। समयको ख्याल गर्छिन्। सधैँ काममा समयमै आउँछिन्। समयमा आउनु असल कलाकारको राम्रो गुण हो।

रेखा व्यवहारिक छिन्। कामप्रति लगाव राख्छिन्। उनको यही बानी मन पर्छ। कुनै काम गर्दा पनि म उनीसँग सल्लाह लिने गर्छु। उनी मेरो फिल्मकी अभिनेत्री मात्र नभएर साथी पनि हुन्। जस्तोसुकै चरित्र किन नहोस्, गाउँकी सोझी केटीदेखि भिलेनसम्मका भूमिकाका लागि उनी फिट छिन्। सबै किसिमको रोलमा उनले आफूलाई ढाल्न सक्छिन्। हरेक फिल्ममा उनले गरेको काम प्रशंसायोग्य छ।

हामीबीच निर्देशक र कलाकारको मात्र सम्बन्ध छैन। हामी असल साथी पनि हौँ। उनी मलाई सुखदुःखमा साथ दिने साथी हुन्। उनी आफूलाई लागेका कुरा खुलेर भन्छिन्। सेटमा जस्तो छिन्, बाहिर भेट्दा पनि उत्तिकै चुलबुली छिन्। रेखाको बोलाइ पनि मन पर्छ। उनी आफूलाई मन परेको÷नपरेको जस्तोसुकै कुरा पनि शान्त भएर भन्छिन्। उनको बोलीमा मिठाससँगै स्पष्टता छ ।

प्रकाशित मिति November 8, 2019
Loading...