यस कारण गरिन्छ सबैभन्दा पहिले गणेश भगवानको पूजा

पाेखरा २८ कात्तिक- हिन्दू धर्मावलम्बीहरूले सबैभन्दा पहिले पूजा गर्ने देवताको नाम हो गणेश । हात्तीको शिर तथा मान्छेको जस्तो शरीर भएका ठूलो भूँडीवाल भगवान गणेशलाई विघ्न हर्ता तथा सिद्धि दिने सिद्धि विनायक भनेर पूजा गरिन्छ।

ऋद्धि र सिद्धि यीनका श्रीमती हुन्। गणेश शब्दको उत्पत्ति गणंईश मिलेर भएको हो जसको अर्थ हुन्छ गण हरूका देवता। शिवगणमा प्रमुख गण नन्दी मानिन्छन्। नन्दी सहित सबै गणहरूका देवता चाहीँ गणेश मानिन्छन् ।

गणेशको रूपले के बुझाउछ ?
भगवान श्री गणेशको रूपमा भिन्नता रहेको छ । यो भिन्नताले आफ्नो-आफ्नो छुट्टा छुट्टै महत्व देखाउँछ । भगवान श्री गणेशको पूजा सबै देवताहरू भन्दा पहिले हुन्छ । काममा कुनै बिध्न बाधा उत्पन्न न होस् भनेर कुनै पनि काम थालनी गर्नु भन्दा पहिले सबैले भगवान श्री गणेशको आरधना र स्मरण गर्दछन् ।

भगवान श्री गणेशको अङ्गप्रत्यङ्गले के महत्व छ जन्नुहोस् :

भगवान श्री गणेशको जन्म : (भगवान श्री गणेश आफ्ना माता पिताका साथ) भगवान श्री गणेशका पिता शंकर र माता पार्वतीलाई भनिएको छ। पौराणिक कालमा पार्वतीले शिव जीको शरीरको मयल (जो खरानी घसेर जम्मा भएको थियो) एकत्र गरिन्।भगवान शिव जी बाहिर गएको बेला माता पार्वतीले त्यही मयलको बालक बनाएर ढोकाम राखि आफु भित्र बसिन्। यो काम उनले भगवान शिव जीलाई छकाउनको लागि गरेकी हुन्।

तर माता आद्य शक्तिको हातबाट बनेकाले ति बालक जिवित भएर द्वार पालेको काम गर्न लागे बाहिरबाट कोही पनि आएमा भित्र प्रवेस गर्न न दिने भए। यो थाहा पाएर नन्दिश्वरादी शिवका गणहरू आएर ति बालकसँग लडे तर कसैले पनि लड्रन सकेन अंतमा भगवान शिव स्वयम गएर लडे शिवले पनि बडा मुस्किलले आफ्नो त्रिशुले बालको शिर काटेर अलग गरी भित्र प्रवेस गरे। भित्र गएर माता पार्वती सँग भने “आज तिमीले ढोकामा कसलाई राखेकी थियौ त्यसले मलाई भित्र आउन नै दिएन बडो मुस्किलले मारेर आञँ।” यसो सुनेर माता पार्वति त्यो त मेरो पुत्र हो तपाईँले त्यसलाई मारी दिनु भयो भनि रुन लागिन्।

यो देखेर भगवान शिवलाई पनि दु:ख लाग्यो उनले भगवान बिष्णुलाई भने “मैले बालकको टाउँको फुटाली दिञँ अब त्यो टाउको काम लाग्दैन तपाईँ गएर कुनै पनि प्राणीको टाउको ल्याएर आउँनुहोस् बालकलाई जिवित गर्नु पर्छ” यो सुनेर भगवान विष्णु बाहिर गई हात्तिको टाउको ल्याएर आए। त्यो टाउको काटिएको हात्तीलाई पनि गँगटाको रूपमा अर्को प्राणी बनाए।त्यही हात्तीको टाउको लगाएर बालकलाई जिवित गरियो पछि गएर उनको नाम गणेश राखियो ।

गणेश शब्दसँग सम्बन्धित बिषयहरूगणेश शव्दले धेरैवटा अर्थ बोकेको हुन्छन्: गणेश लेखनमा सिद्धहस्त मानिएका छन्। त्यसैले कसैले धेरै राम्रोसित र तीब्र गतिमा लेख्न सक्छ भने उसलाई गणेश उपमा दिइन्छ।गणेश शब्दले चाकडी तथा चाप्लुसी भन्ने पनि जनाउँछ । गोवरगणेश भन्नाले चैं केही पनि नजान्ने बुद्धु भन्ने बुझिन्छ । श्रीगणेश शव्दले भनें कुनै पनि कुराको शुरूवात भन्ने जनाउँछ।

याे पनि पढ्नुहाेस्ः
घरमा यी ५ मूर्ति राख्नुहोस्, सधै हुन्छ खुसी र समृद्धि

संसारको हरेक ठाउँमा बस्ने मानिसको धर्म आस्था फरक फरक रहेको छ । धर्म अनुसार सबैले आ आफ्नो घरमा फरक फरक भगवानको मूर्ति राखेर पूजा गर्ने गर्छन् ।यसरी आफ्नो धर्म अनुसार को आस्था बोकेको भगवानको तस्वीर घरमा राखेर पूजा गर्दा भगवान प्रसन्न भइ व्यक्तिलाई आशिस दिन्छ भन्ने मान्यता रहेको छ ।हरेक दिन भगवानको पूजा गरेर आफुले चिताएको कुरा भगवान समक्ष राखेमा सबै कुरा पुरा हुने विश्वास रहेको छ । यद्यपी हिन्दुधर्मअनुसार हरेक घरमा ५ देवीदेवताको मूर्ति राखेर पूजा गरे भगवान प्रसन्न भएर व्यक्तिको आस्था पुरा गर्ने विश्वास रहेको छ।

त्यसको लागि पाँचै भगवानको पंचायतन मूर्ति राखेर पंचायत विधिद्धारा पूजा गर्नुपर्छ ।पंचायतन पूजालाई सर्वश्रेष्ठ मान्ने गरन्छ । त्यसको लागि गणेश, विष्णु, शिव, दुर्गा र सूर्यको पूजा गरिन्छ । पाँचै देवहरुको आफ्नै स्थान रहेको हुन्छ ।ईष्ट देव अनुसार सिंहासन खडा गर्न आवश्यक रहेको छ । त्यसकारण आज हामी तपाईहरुर्ला पंचायत सिंहासनमा खडा भएका देवतालाई कसरी राख्ने भन्ने बारेमा बताउन गइरहेका छौँ ।

१) यदि तपाईहरुले घरको ईष्ट देवको रुपमा देवीलाई लिने गर्नुभएको छ भने पंचायत पूजास्थान स्थापना गर्नुपर्छ। यसको लागि सिंहासनको उत्तर पूर्वमा विष्णु, दक्षिण्पूर्व शिव, मध्यमा दुर्गा र दक्षिणपश्चिममा गणेश र उत्तरपश्चिमको भागमा सूर्यको स्थापना गर्नुपर्छ। यसको लागि उत्तर पूर्वमा विष्णु, दक्षिणपूर्वमा शिव, मध्यमा दुर्गा र दक्षिण पश्चिममा गणेश र उत्तरपश्चिममा सूर्यको स्थापना गर्नुपर्छ।

२) गणेश भगवानलाई पंचायतन ईष्ट देवताको रुपमा लिइएको छ भने पूजा स्थानमा गणेश भगवानको स्थापना गर्नुपर्छ । त्यसको लागि उत्तरमा विष्णु, दक्षिण्मा शिव, मध्य भागमा गणेश, पश्चिममा सूर्य देवता र उत्तर पश्चिममा देवीको स्थापना गर्नुपर्छ ।

३) यदि तपाईको घरमा ईष्ट विष्णु भगवान मान्ने गरेको छ भने आफ्नो पूजा स्थानमा विष्णुलाई पंचायतन स्थापना गर्नुपर्छ । त्यसको लागि सिंहासनको उत्तर पूर्वमा शिव, दक्षिणपूर्वमा गणेश, मध्यमा विष्णु, दक्षिणपश्चिममा सूर्य र उत्तरपश्चिम भागमा देवी स्थापना गर्नुपर्छ।

४) यदि तपाईको परिवारमा सूर्यलाई ईष्टदवको रुपमा मान्दै आउनुभएको छ भने सूर्यदेवको पूजा स्थान स्थापना गर्नुपर्छ। त्यसको लागि पूजा स्थानको उत्तर पूर्वमा शिव, दक्षिणपश्चिममा गणेश, मध्यमा सूर्य दक्षिण पूर्वी भागमा विष्णु र उत्तरपूर्वी भागमा दुर्गाको स्थापना गर्नुपर्छ।

५) यदि शिवलाइृ इष्ट देव मान्ने चलन रहेको छ भने आफ्नो घरमा पंचायतन स्थापना गर्नुपर्छ । त्यसको लागि सिंहासनकोे उत्तर पूर्वी भागमा विष्णु, दक्षिणपूर्वमा सूर्य, मध्य भागमा शिव, गणेश,दक्षिण पश्चिममा गणेश र उत्तर पश्चिमको भागमा देवीलाई राख्नुपर्छ ।

याे पनि पढ्नुहाेस्ः
तन्त्र मन्त्रबाट मुक्ति पाउन मंगलबारको दिन यसो गर्नुहोस्

यदि तपाई लगातार बिरामी भईरहनु भएको छ, हरेक काममा आइरहेको छ र मनमा नकारात्मक सोचले भरिएको छ भने यो सब लक्षण तपाइलाई कसैले तन्त्र मन्त्र गरेको हुन् सक्छ।आज हामी तपाइलाई यस्ता तन्त्र मन्त्रबाट छुटकारा पाउने उपायबारे जानकारी गराउदैछौ। नरिवलको यसरी प्रयोग गरि तन्त्र मन्त्रबाट छुटकारा पाउन सक्नु हुन्छ ।

एक नरिवललाई हनुमानजीको मन्दिरमा गई हनुमानजीको मुर्ति छेउमा राखेर प्राथना गर्नुहोस। त्यसपछि उक्त नरिवललाई आफ्नो टाउको माथि २१ पटक ठोक्नुहोस् तर बिस्तारै । र नरिवललाई अन्य मन्दिरमा लगेर पुरै जलाई दिनुहोस।कुनै मन्दिरहरुमा यज्ञ चलिरहेको छ भने त्यसमा लगेर जलाई दिन पनि सक्नु हुन्छ। यसो कम्तिमा पनि ५ पटक प्रत्येक मंगलबार गर्नुहोस। यसो गरेमा तपाई तन्त्र मन्त्रबाट मुक्ति पाउन सक्नु हुन्छ ।

मंगलबार को दिन कस्ता कस्ता कामहरू गर्न हुदैन?यहाँ शास्त्रअनुसार मंगलबारको दिन गर्न नहुने काम तल उल्लेख छ ।
सोमबार, बुधवार र शुक्रवारलाई सोम्यबारको श्रेणीमा राखिएको छ भने आइतबार र बिहीबारलाई कडाबारको श्रेणीमा राखिएको छ ।
मंगलबार तथा शनिबार क्रुर अर्थात पापी बारको श्रेणीमा पर्छन् । मंगलबारलाई अत्याधिक क्रुरबार मान्दै शास्त्रमा यसलाई शरीरमा रक्त सञ्चार गराउने धमनीसँग सम्बन्धित मानिएको छ । मानिसको शरीरमा हुने रातो पदार्थ मंगलसँग सम्बन्धित मानिन्छ ।

कालपुरुष सिद्दान्त अनुसार प्राणीको हाड र रक्त तथा मज्जा मंगलसँग सम्बन्धित छ । मंगललाई सबै ग्रह मध्ये क्रुर र रक्तपातको ग्रह मानिएको छ । मंगलको रातो रंग मृत्यु वा रगत सँग हुन्छ । धर्म शास्त्रका अनुसार मंगलबारको दिन निम्न काम बर्जित गरिएको छ । यी काम मंगलबार गर्दा तपाइँको जीवनमा समस्या बढ्न सक्छन् । के हुन् त मंगलबारको दिन गर्न नहुने कामहरुः

मंगलबारको दिन गर्न नहुने ५ काम:

१- मंगलबारको दिनमा पशु बलि दिनु अत्यन्तै खराव मानिन्छ । यसले सन्तानमा नकारात्मक प्रभाव पर्ने हुन्छ ।
२- मंगलबार कुखुरा वा अन्य पंक्षीको हत्या गर्दा मानिसको बुद्धी भ्रमित हुने मानिन्छ ।
३- मंगलबारको दिन माछा खाँदा तपाइँलाई आर्थिक नोक्सानी हुने मानिन्छ । मंगलबार मासु पनि सेवन गर्नु हुँदैन । मासु खाँदा कुटुम्बको क्षय हुन्छ ।

४- मंगलबारको दिन मदिरा सेवन गर्दा तपाइँको क्रोधमा वृद्धी हुन्छ । यसले अपराध समेत बढाउँछ ।
५- मंगलबार झगडा गर्दा बेइज्जत हुने खतरा हुन्छ ।

भगवान श्री गणेश बृद्धिका दाता तथा चिन्ता दूर गर्ने देवता मानिन्छन् । भगवान गणेशको आराधनाले बृद्धि विकास हुनुका साथै तपाईको जीवनमा देखिएका सबै बाधाहरु हट्छन् ।

भगवान गणेशको कृपा प्राप्त गर्न सके जीवन सर्वसम्पन्न हुने विश्वास गरिन्छ । यहाँ उल्लेख ११ मध्ये कुनै एक मन्त्र लगातार २१ पटक मनमनै जप्नुहोस् तपाईलाई भगवान गणेशको कृपा मिल्ने छ ।अथवा श्रद्धाअनुसार शुभ संख्यामा मन्त्र जप्नाले पनि भगवान गणेश प्रसन्न हुन्छन् ।

यी ११ मन्त्रहरु जप्नुहोस्, भगवान गणेशको कृपा मिल्नेछ

१ – श्री गणेशाय नम:
२ – ॐ श्री गणेशाय नम:
३ – गं गणपतये नम:
४ – ॐ गं गणपतये नम:

५ – ॐ गं ॐ गणाधिपतये नम:
६ – ॐ सिद्धि विनायकाय नम:
७ – ॐ गजाननाय नम:

८ – ॐ एकदंताय नमो नम:
९ – ॐ लंबोदराय नम:
१० – ॐ वक्रतुंडाय नमो नम:
११ – ॐ गणाध्यक्षाय नमः

प्रकाशित मिति November 14, 2019
Loading...