आयो सुन्तला खाने सिजन, स्वास्थ्यमा पुग्छ यस्ताे फाइदै–फाइदा

पाेखरा २९ कात्तिक- यस्ताे राेचक खबर सुन्नुहाेस्ः सुन्तला नाम लिने वित्तिकै तपाईको मुख रसाउछ होला । अहिले सुन्ताला खाने सिजन पनि हो । गाउँघरमा सुन्तला पाक्न शुरु भएको होला । तिहारका लागि भारतबाट पनि सुन्तला आयात शुरु भइसकेको छ ।

फलफुल बजारमा नेपाल र भारतीय सुन्तला आइसकेको छ । सुन्तला लिएर घाम ताप्दै साथीहरुसँग गफगाफ गर्दै खान निकै रमाइलो हुन्छ । सुन्तला खादा रमाइलो मात्र हुँदैन स्वास्थ्यका लागि निकै फाइदाजनक रहेको पोषणविद्हरु बताउँछन् ।

सुन्तलाको फाइदा यस्तो छ

– सुन्तलामा पाइने हेस्परिडिनले उच्च रक्तचाप नियन्त्रण गर्छ,
– सुन्तलामा प्रसस्त भिटामिन सी हुने भएकाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ,
– सुन्तलामा हुने पोलिमेथिक्सोलेट फ्लाभोनेसले शरीरभित्रको खराब कोलेस्टेरोल घटाउछ,

– चिसोको समयमा सुन्तलाले रुघाखोकीबाट बच्न सहयोग पु¥याउँछ,
– सुन्तलामा पाइने एन्टिअक्सिडेन्टले छालाको सुन्दरता बढाउँछ,
–मुटुलाई स्वास्थ्य बनाउछ,

–सुन्तालामा पाइने भिटामिन एले आँखालाई फाइदा गर्छ,
–सुन्तलाले पाचन प्रणाली स्वस्थ राख्छ ।
–सुन्तलामा पाइने डी लिमोनेनले स्तन,छाला तथा फोक्सोको क्यान्सर लाग्न दिदैन,
–सुन्तालमा हुने फाइबरले कब्जियत हुनबाट बताउँछ,

प्रकाशित मिति November 15, 2019
Loading...