सिटी सफारी चलाएर अपांग श्रीमान पाल्दै कविता राई

धनकुटा २९ कात्तिक- धनकुटा घर भई धरान बस्दै आएकी कविता राई भने फरक किसिमकी छिन् । जो अपाङ्ग श्रीमानको पालनपोषणका लागि ई रिक्सा अर्थात् सिटी सफारी चालक छिन् । श्रीमान्को जन्मजात नै एउटा खुट्टा छैन अहिलेसम्म मैले नै उहाँलाई पाल्दै आएको छु उनले भनिन् । धनकुटा रहँदा नै विवाह भएकी उनी परिवार धान्नका लागि सहर हान्निइन् ।

धरान आएपछि के गर्ने कसो गर्ने ?

उनमा कौतुहलता छायो । उनले आफैले सिटी रिक्सा किनिन् र कुदाउन थालिन् । बजारको प्रतिस्पर्धामा आएपछि उनमा आफ्नो कमाइप्रति गौरव गर्ने भावना र समाजको सम्मान दुवै थपिएको छ । अहिले रिक्सा चलाएर परिवार धान्न सक्दा उनी खुसी छिन् । एउटा छोरी छन् उनको पढाइ खर्च र श्रीमान पाल्न पुगेकै छ अलि अलि बचत पनि गर्ने गरेको छु ।

उनले भनिन्ः पुरूषले मात्र सवारीसाधन चलाउन सक्छन् भन्ने सोंच भएका र श्रीमानको कमाइमा मात्रै बाँच्ने महिलाका लागि यो गतिलो झापड उनले पनि ठानेकी छिन् पहिला पहिला त केही गर्न सक्दिनँ कि जस्तो लाग्थ्यो उनले थपिन् र आँट कसेर निस्किएपछि सम्भव हुने रहेछ भन्ने थाहा पाइसकेको छु ।

उनी प्राय भानुचोकमा भेटिन्छिन् । यस्तै धरानकी मिरा लामा ९ वर्षअघि श्रीमान बितेपछि आफैले केही गर्नुपर्छ भन्दै लागिपरिन् । उनले सिटी सफारी किनिन् । सिटी सफारीले अहिले छोराछोरीको पढाइ लगायत परिवार धान्दै आएकी छिन् ।छोरीलाई ठेलामा व्यापार गरेरै इन्जिनियर बनाएर गर्ववान्वित उनी हाल छोरा कक्षा–११ मा पढ्दै गर्दा खुशी छिन् । पहिला ठेला ठेलेरै उनले जेठी छोरीलाई इन्जिनियर पढाइन् र इन्जिनियर बनाइन् ।

जेठी छोरी पूजा लामा इन्जिनियरिङ बनिसकेकी छिन् कान्छी छोरी कविता लामा ब्याचलर पढिसकेकी छिन् । ठेला ठेलेरै त्यतिबेलै उनले घरजग्गा जोडिसकेको बताइन् । अहिले ६ वटा रिक्सा किनेर अन्य महिलालाई पनि उनले आत्मनिर्भर बनाउँदै आएकी छिन् । उनको लक्ष्य अब ग्यारेज खोलेर अझै धरानका महिलालाई आत्मनिर्भर बनाउने छ । उनी हाल अखिल नेपाल रिक्सा चालक सङ्घकी अध्यक्ष समेत छिन् ।

प्रकाशित मिति November 15, 2019
Loading...