गण्डकी प्रदेशले फेवातालमा कफी सप खोल्ने: एक कप कफिको मुल्य सुन्दा उड्छ होस्

पोखरा २५ मंसिर- गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले फेवातालबीचमा प्रदेश सरकारले कफी सप खोल्ने योजना बनाएको बताए। उनले गण्डकी प्रदेशले पर्यटनलाई मुख्य प्राथमिकतामा राखेको र त्यसैका लागि फेवातालमा फेवातालमा कफी सप खोलेर पर्यटकको संख्या बढाउने बताएका हुन् ।

‘फेवातालको बीचमा रहेको तालबाराही मन्दिरमा हजारौं पर्यटकले दर्शन गर्छन् । त्यस्तै पर्यटक तान्ने अर्को फेवाताल शिरान माटो थुप्रेको ठाउँ (खपौंदी)मा एउटा कफी सप बनाउने प्रदेश सरकारको योजना छ,’ मन्त्री लम्सालले भने, ‘त्यो कफी सस्तो मूल्यमा पाइने छैन । १ कपको १ सय डलर पर्नेछ । त्यो हाम्रै गण्डकी प्रदेशमा उब्जिएको अर्गानिक कफी हुनेछ ।’

मन्त्री लम्सालले फेवाताल बीचमा कफी सप खोल्न अध्ययनसमेत भइरहेको प्रष्टयाए । ‘त्यहाँ जान तालबाराही मन्दिरमा जस्तै डुंगा चढेर जाने व्यवस्था हुन्छ,’ उनले भने, ‘पर्यटकहरु डुंगा चढेर गण्डकी प्रदेशको कफी खान जान पाउनेछन् ।

याे पनि पढ्नुहाेस्ः
इतिहाँसमा पहिलो पटक नेपालले जित्यो ५१ स्वर्ण पदक, फुटबलको फाइनल हेर्न दशरथ रंगशाला बाहिर देखिएको फुटबल क्रेज

१३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत अन्तिम दिनको भिडन्त सकिँदा नेपालले ५१ वटा स्वर्ण पदक जित्न सफल भएको छ। नेपालमै सन् १९९९ मा भएको साग भन्दा २० वटा धेरै स्वर् पदक नेपालले जित्न सफल भएको हो। तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबल खेलमा नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीले भुटानलाई हराउँदै स्वर्ण पदक जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा नेपालले भुटानलाई २–१ गोलअन्तरले पराजित गदै स्वर्ण पदक जितेको हो । नेपालले सागअन्तर्गत पुरुष फुटबलमा लगातार दोस्रो पटक स्वर्ण जितेको हो । यसअघि सन् २०१६ मा भारतमा भएको सागमा पनि नेपालले स्वर्ण पदक जितेको थियो ।

नेपालको जितमा अभिषेक रिजाल र सुनिल बलले गोल गर्नुभयो । भुटानका लागि भने चेन्चो ग्यालसेनले गोल गर्नुभएको थियो । खेलको १६ औँ मिनेटमा अभिषेकले करिब ६ यार्ड बक्स नजिकबाट गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाउनुभएको थियो । उहाँ विकास खवासको लामो थ्रो इनलाई पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट नियन्त्रण गर्दै गोल गर्न सफल हुनुभएको हो ।

त्यस्तै खेलको ३६ औँ मिनेटमा भुटानले बराबरी गोल फर्कायो । भुटानका ग्याल्सेनले पेनाल्टी क्षेत्रभित्रबाट उत्कृष्ट फिनिस गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याउनुभयो । खेलको मध्यान्तरअघि १–१ गोलको बराबरीमा पुगेको नेपालले मध्यान्तरपछि एक गोल थप्दै नेपाललाई स्वर्ण पदक दिलायो ।

खेलको ५४ औँ मिनेटमा सुनिलले दायाँ विङ्गबाट आएको क्रसलाई हेडमार्फत गोल गर्दै नेपाललाई स्वर्ण पदक दिलाउनुभयो । सागमा पहिलो पटक फाइनलमा पुगेको भुटानले रजत पदकमा चित्त बुझायो । यस खेलसँगै साग सम्पन्न भएको छ । १३औँ सागमा नेपालले ५१ स्वर्ण पदक जित्दै प्रतियोगिता सम्पन्न गरको छ ।

प्रकाशित मिति December 11, 2019
Loading...