दिलिप ह’त्या प्रक’रण : फलामको रडले घो’चेर सुताइ टिपरले कि’चेर मा’रियो

नदी उत्खनन्को बिरोध गर्ने दिलिप कुमार महतोलाई क्रसर उद्योगीहरुले फलामको रडले घो’चेर घाइ’ते बनाई उनको शरीरमाथि टिपर चला’एको खुलेको छ ।

धनुषाको मिथिला नगरपालिका ५ श्रीनगरका २४ वर्षीय दिलिप महतोको शुक्रबार बिहान ४ बजे झिसमिसेमै टिपर चलाएर ह’त्या गरिएको थियो । यद्यपि प्रहरीले गरेको प्रारम्भिक अनुस*न्धानका क्रममा पहिला फलामको लिभरले उनीमाथि प्रहा’र गरी घा’इते बनाएर उनीमाथि टिपर चला’एको बाहिर आएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले शनिबार राति ९ बजे पत्रकार सम्मेलन गरी दिइएको जानकारी अनुसार दिलिपको दाहिने कोखामा चार जना मिलेर फलामको लिभ;रले घो;चेर खोलामा सुताई ना.७ ख ६४१३ नम्बरको टिपरले कि;चेर ह’त्या गरिएकोे थियो ।

धनुषाका प्रहरी प्रमुख एसपी रमेश कुमार बस्नेतका अनुसार खोलामा टिपरले बालुवा गिट्टी चोरी गरी लगिरहेको थाहा पाएपछि दिलिप टिपर समात्न गएका थिए । त्यही क्रममा क्रसर उद्योगी सोही ठाउँका २७ वर्षीय विपिन महतो, महोत्तरीको बर्दिवास नगरपालिका ९ बस्ने ना.७ ख ६४१३ नम्बरका टिपर चालक ३४ वर्षीय मुनिन्द्र महतो, बर्दिवासकै वडा नम्बर २ निवासी लोडर चालक २४ वर्षीय जितेन्द्र कुमार महतो र धनुषाको मिथिला नगरपालिका ५ बस्ने २७ वर्षीय रोशन यादवले उनको ह’त्या गरेको प्रहरी प्रमुख बस्नेतले बताए ।

प्रकाशित मिति January 11, 2020
Loading...