अब तीन दिनको मौसम: वर्षा र भारी हिमपात

देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुने भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको बिहीबार बिहान ६ बजे निकालेको बुलेटिनमा तीन दिन वर्षा र हिमपात हुने सम्भावना रहेको उल्लेख छ।

अहिले नेपालको पश्चिमी, मध्य भू-भागमा र पुर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्नका लागि सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

बिहीबार- देशको मध्य तथा पश्चिमी भू-भाग लगायत पुर्वी पहाडी भू्-भागमा सामान्य बदली रही बाँकि भू्-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पश्चिमी भू-भागका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने देखिन्छ। पश्चिमी तथा मध्यका उच्च पहाडी/हिमाली भेगका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। राति मध्य तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपातको सम्भावना छ।

शुक्रबार- देशको मध्य तथा पुर्वी भू-भागमा सामान्यदेखि पुर्ण बदली रहनेछ साथै पश्चिमी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ। मध्य तथा पुर्वी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

शनिबार- देशको पश्चिमी भू्-भागमा सामान्य बदली रहि बाँकि भू्-भागमा आंशिक बदली रहनेछ। पश्चिमी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखिन्छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति January 16, 2020
Loading...