धादिङ दुर्घ’टना: २ छोरी टुहुरा बने, जापान जाने सपना अधुरै रह्यो

तिहारमा जापानबाट फर्केका ३० वर्षीय विदुर गुरुङ भू’कम्पले भत्का’एको घर निर्माण गर्ने तरखरमा थिए । जापानमा ५ वर्ष बसेर कमाएको पैसाले सदरमुकामको सिमलगैरीमा २७ लाखमा घडेरी जोडेका थिए । ७ वर्षअघि मधुवनकी मनिषासँग बिहे गरेका विदुरका २ छोरी छन् । दुइ छोरी यतिबेला टुहुरा बनेका छन् । उनी घरको जग हालेर पुन: जापान जाने तरखरमा थिए । उनको जापान जाने सपना अधुरै रहेको छ ।

सदरमुकाम धादिङबेंसीको सिरानमा पर्ने सदरमुकामको खानेपानीको मुहान स्रोत रहेको उक्त गुरुङ समुदायका ८० घरधुरी यतिबेला शो’कमग्न

ज्वालामुखी–४ स्थित ढोलामण्डली माईको थानमा मंगलबार पूजा गरी फर्केको ट्रक दुर्घ’टनामा उनको मृ’त्यु भयो । उनी स्थानीय ढोलामण्डली देवीमा भा’कलअनुसार पाठी ब’लि दिन गाउँलेसहित त्यहाँ गएका थिए । स’शस्त्र प्रहरीमा कार्यरत माइला दाजु भीमसेनसँगै सगोलमा रहेका विदुरको फेरि जापान जाने धोको अधुरै रह्यो ।

एकै बस्तीका ७ जनाले दुर्घट’नामा ज्या’न गु’माएपछि नीलकण्ठ नगरपालिका–२ भुलभुले शो’कमा छ । सदरमुकाम धादिङबेंसीको सिरानमा पर्ने सदरमुकामको खानेपानीको मुहान स्रोत रहेको उक्त गुरुङ समुदायका ८० घरधुरी यतिबेला शो’कमग्न छन् । बस्तीका सबै मंगलबारदेखि नै अस्पताल हातामा छन् ।

उनका छिमेकी २८ वर्षीय तिलकबहादुर गुरुङ पनि भाकलअनुरूप पाठी ब’लि दिन गएका थिए । तिलक पनि जापान जान भाषा परीक्षा उत्तीर्ण गरी भिसा प्रक्रियामा थिए । गोरखा मूलपानीकी कोपिलासँग विवाह गरेका तिलक भूकम्पले भ’त्काएको घर निर्माण गरी अन्तिम किस्ता लिने प्रक्रियामा थिए । मलेसियाबाट फर्केर घर छेउमा कुखुरापालन गरेका उनी घाटा लागे पछि पुन: वैदेशिक रोजगारीमा जान लागेका थिए ।

आफन्तले क्षतिपूर्ति र उपचार खर्च माग गर्दै बुधबार जिल्ला अस्पताल धादिङमा धर्ना दिए । उनीहरूले क्षतिपूर्ति र उपचार खर्च टुंगो नलागेसम्म श’व नउठाउने अडान

बस्तीका २८ घरबाट ४० जना जतिले भा’कल गरेका ५ वटा पाठी लिएर ग१ख ८०८२ मिनीट्रक बुक गरेर त्यता गएका थिए । मन्दिरसम्म सार्वजनिक यातायात सुविधा नभएपछि विभिन्न मालवाहक सवारीसाधन, निजी जिप भाडामा लिएर जाने गरेका छन् ।

नगरपालिकासँग जोडिएको ज्वाला’मुखी–४ स्थित ढोलामण्डली माईको थानबाट बलि चढाएर मन्दिर नजिकैको दोभान बजारमा भोजभतेर गरेर फर्केका नीलकण्ठ–२ भुलभुलेका ७ जनाको मृ’त्यु भएको थियो । मृ’त्यु भएकामा भुलभुलेका विदुर गुरुङ, ध्वजबहादुर गुरुङ, पूर्णमान श्रेष्ठ, सुनील भन्ने तिलकबहादुर गुरुङ, प्र्रेमबहादुर गुरुङ, बेलबहादुर गुरुङ र सेते गुरुङका परिवारले जाहेरी दिइसकेको जिल्ला प्रहरी प्रमुख रवीन्द्र रेग्मीले बताए । दुर्घ’टनामा घा’इते भएर काठमाडौं पुर्‍याइएका २२ जनामध्ये दिनेश गुरुङ ट्रमा सेन्टरको आ’ईसीयूमा र २० जनाको इम’र्जेन्सीमा उपचार भइरहेको छ । प्रहरी निय’न्त्रणमा रहेका घाइते चालक सुभाषको महाराजगन्जस्थित शिक्षण अस्पतालमा उ’पचार भइरहेको छ । सामान्य घा’इते भएका अन्य १२ जना जिल्ला अस्पतालमा उपचारपछि घर फर्केका छन् ।

दुर्घ’टनामा नि’धन र घा’इतेका आफन्तले क्षतिपूर्ति र उपचार खर्च माग गर्दै बुधबार जिल्ला अस्पताल धादिङमा धर्ना दिए । उनीहरूले क्षतिपूर्ति र उपचार खर्च टुंगो नलागेसम्म श’व नउठाउने अडान लिएका छन् । बुधबार प्रजिअ आस्मान तामाङको अध्यक्षतामा पीडि’त पक्ष, स्थानीय जनप्रतिनिधिसहित बसेको जिल्ला यातायात व्यवस्था समितिको बैठक निष्कर्षविहीन भएको छ ।

मिनीट्रकका साहु गोकुल ढुंगाना छलफलमा नआएपछि क्षतिपूर्ति तथा उपचार खर्चबारे अन्योल कायम भएको र घा’इतेको उपचारका लागि गृहमन्त्रालयमा लिखित अनुरोध पठाइएको प्रजिअ तामाङले बताए ।
हरिहरसिंह राठौर/कान्तिपुर दैनिक

प्रकाशित मिति January 23, 2020
Loading...