यी हुन् बलिउडका सबैभन्दा ठूला ओभरसिज स्टार, कमाई कति?

गतवर्ष (२०१९) बलिउडमा रिलिज भएका फिल्ममध्ये ऋतिक रोशन, सलमान खान र अक्षयकुमारका फिल्मले विदेशमा सर्वाधिक कमाई गरे। बक्स अफिस इण्डियाको रिपोर्ट अनुसार ऋतिकको फिल्म वार गतवर्ष सबैभन्दा बढी कमाई गर्ने फिल्म थियो। उसले एक करोड ३७ लाख डलर कमाइ गरेकाे थियाे ।

यस्तै सर्वाधिक कमाई गर्ने दोस्रो फिल्म थियो, सलमान खानको भारत। यस फिल्मले एक करोड ७ लाख डलर कमाई गर्‍यो। तेस्रो नम्बरमा रह्यो अक्षय कुमारको गुड न्यूज। यस गुड न्यूजको कमाई १ करोड ४ लाख डलर रह्यो।

यी तीन नायकको फिल्मले विदेशमा सर्वाधिक कमाई गरेपछि यिनीहरुलाई बलिउडमा गत वर्षका सर्वाधिक सफल नायक मानिएको छ। बलिउड निकै चर्चा र कमाइ गरेका छन् यी कलिउड स्टारले ।

गत वर्ष विदेशमा सर्वाधिक कमाउँने बलिउडका पाँच फिल्म

१. भारत- सलमान खान- एक करोड ७ लाख डलर
२. गुड न्‍यूज- अक्षय कुमार- एक करोड ४ लाख डलर

३. वार- ऋतिक रोशन- एक करोड ३७ लाख डलर

४. दबंग ३- सलमान खान- ७९ लाख ७० हजार डलर
५. गली ब्याय – रणबिर सिंह- एक करोड २ लाख डलर

प्रकाशित मिति January 24, 2020
Loading...