निर्भया बला’त्कारकाण्डका दोषीलाई बिहान साढे ५ बजे फाँ’सी दिइयो

नयाँदिल्ली — निर्भया ब’लात्कारकाण्डका ४ जना दोषीलाई शुक्रबार बिहान भारतले फाँ’सी दिएको छ । भारतीय समयअनुसार शुक्रबार बिहान साढे ५ बजे दिल्लीस्थित तिहाड जेुलमा उनीहरुलाई फाँ’सी दिइएको हो ।

निर्भया बला’त्कार घट’नाका दो’षीहरु विनय शर्मा, पवन गुप्ता मुकेश सिंह र अक्षय कुमारलाई शुक्रबार तिहाड जे’लमा पवन जल्लादले झुण्ड्या’एका हुन।

बिहीबार निर्भया मामिलाका चार दो’षीका तर्फबाट फाँ’सीको स’जायविरुद्ध पटियाला हाउस कोर्ट र दिल्ली हाई कोर्टमा याचिका दायर गरे पनि दुवै अदालतले खारेज गरिदिएका थिए। निर्भया ब’लात्कारण का’ण्ड र ह’त्याकाण्डका दोषीहरुलाई फाँ’सीबाट बचाउनका लागि बिहीबार मध्यरातमा दिल्ली हाईकोर्टको ढोका ढकढकाए पनि न्यायाधीशहरु मनमोहन र सञ्जीव नरुलाको इजलासले याचिका खारेज गरिदिएको थियो।

दोषीहरुका वकिल एपी सिंहले सर्वोच्च अदालतमा मु’द्दा विचाराधीन रहेकै अवस्थामा पटियाला हाउस कोर्टले फाँ’सीमा रोक नलागाएको भन्दै दिल्ली हाईकोर्टमा याचिका दायर गरेका थिए। दिल्ली हाईकोर्टले याचिका खारेज गरेपछि दोषीहरुका वकिल अन्तिम अस्त्र प्रयोगका लागि मध्यरातमा सर्वोच्च अदालत पुगेका थिए।

सर्वोच्च अदालतका न्यायाधीश भानुमतिको अध्यक्षतामा रहेको विशेष इजलासले पनि दोषीहरुको तर्फबाट पेस गरिएको दलील कमजोर भएको उल्लेख गर्दै याचिका खारेज गरिदिएपछि उनीहरुलाई फाँ’सी दिइएको हो।

डिसेम्बर १६, २०१२ मा साथीसँग बसमा हिँडिरहेका बेला एक २३ वर्षीया युवतीमाथि ६ जनाले सामू’हिक बला’त्कार गरेका थिए। ती युवतीमाथि र’डले आ’क्रमण गर्दै ब’लात्कार गरेका थिए। घट’नाको ११ दिनपछि युवतीलाई सिंगापुर लगिए पनि त्यसको २ दिनपछि उनको मृ’त्यु भएको थियो।

निर्भयाका दोषीलाई कडा सजाय हुनुपर्ने माग राख्दै भारतभर तथा विश्वका विभिन्न मुलुकमा व्यापक विरोध प्रदर्शनसमेत भएको थियो। नयाँदिल्लीको सडकमा राज्य सरकार र केन्द्र सरकारको विरोधमा हजारौं मान्छे सडकमा उत्रिएका थिए। भारतीय कानुनले बला’त्कारपीडितको नाम सार्वजनिक गर्न नदिने भएकाले ती युवतीलाई निर्भया नाम दिइएको थियो। आफ्नो अन्तिम सास रहेसम्म पीडित युवती न्यायका लागि ल’डिरहेको भन्दै उनलाई निर्भयाका नामले चिनाउन थालियो। निर्भया मामिलामा भएका प्रदर्शन र आन्दोलन महिला प्रतिरोधी आन्दोलनका रुपमा विश्वमै समेत चिनिएको थियो।

बला’त्कार तथा आक्र’मणमा बस ड्राइभरसहित अरु पाँच जनाको संलग्नता रहेको थियो। घ’टनाका मुख्य दोषी मानिएका राम सिंहको २०१५ को मार्चमा मु’द्दा चलिरहेकै क्रममा तिहाड जेलमा मृ’त्यु भएको थियो। प्रहरीले राम सिंह आफै झु’ण्डिएर आ’त्मह’त्या गरेको बताएको थिए।

त्यस्तै घ’टनामा संलग्न भनिएका एक व्यक्ति भने नाबालिग भएको भन्दै रिहा गरिएको छ। घट’नाका बेला नाबागि रहेको भन्दै ती व्यक्तिलाई रिहा गरिएको हो। नाबालिग रहेको भन्दै उनलाई ३ वर्ष सुधारगृहमा राखेर रिहा गरिएको हो।

त्यस्तै राम सिंहका भाइसमेत रहेका ३२ वर्षीय मुकेश सिंह, फिटनेस ट्रेनरका रुपमा काम गर्ने २५ वर्षीय विनय शर्मा, बसका सहचालक ३१ वर्षीय अक्षय कुमार र फलफुल पसल गर्ने २५ वर्षीय पवन गुप्तालाई भने शुक्रबार फाँ’सी दिइएको हो।
प्रकाशित : चैत्र ७, २०७६

प्रकाशित मिति March 20, 2020
Loading...