कोरोना त्रा’सः ट्राफिक प्रहरीले मा’पसे जाँच रोक्यो

तर, ल’रबराउँदै कोही आउँछ भने त्यस्ता व्यक्तिलाई अस्पताल लगेर परीक्षण

कोरोना भाइर’सको संक्र’मणलाई लक्षित गरेर ट्राफिक प्रहरीले मा’पसे जाँच स्थगित गरेको छ । महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले मा’पसे जाँच रोकिएको बताए । यद्यपि, अत्यवश्यक अवस्थामा भने अस्पतालमा लगेर परीक्षण गरेर आफन्तको जिम्मा लगाइने उनले जनाए ।

‘पहिले जस्तो मेसिन लगाएर चेक गर्दैनौं । तर, ल’रबराउँदै कोही आउँछ भने त्यस्ता व्यक्तिलाई अस्पताल लगेर परीक्षण गराउँछौं । र, आफन्तको जिम्मा लगाउँछौं’, ढकालले भने ।

साथै ट्राफिकले माप’से गरेर जरि’वानामा परेका व्यक्तिका लागि लिँदै आएको सचेतना कक्षा पनि तत्काललाई स्थगित गरेको छ ।

प्रकाशित मिति March 20, 2020
Loading...