कोरोनाको विषा’दी सैनिक हेलिकोप्टरबाट छर्ने कुरा हल्ला मात्रै

सांकेतिक तस्बिर
कोरोना भा’इरस (कोभिड–१९)ले विश्वव्यापी महामा’रीको रुप लिएको छ । नेपालमा हालसम्म कुनै पनि संक्र’मित फेला नपरे पनि विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइ’रस संक्र’मणको उच्च जो’खिममा रहेको देश भनेको छ ।

केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भने कोरोना भाइ’रसबारे अनेक भ्रमहरु छर्न थालेका छन् । पछिल्लो समय नर्भिक अस्पतालमा कोरोना संक्र’मित व्यक्तिको मृ’त्यु भएको र नेपालमा धेरै जना कोरोना संक्र’मित भएको भन्दै सामाजिक सञ्जाल फेसबूकमार्फत एउटा अडियो भाइरल भयो ।

प्रहरीको केन्द्रीय साईबर ब्यूरोले कोरोना भा’इरसबारे फेसबूकमा भ्रम सिर्जना गर्ने १ युवकलाई प’क्राउ पनि गरिसकेको छ । प’क्राउ पर्नेमा रामेछाप घर भइ भक्तपुर बस्दै आएका २० वर्षीय विवेक थापामगर छन् ।

कोरोना भाइरसबारे भ्र’म छर्नेविरुद्ध प्रहरीले अनुसन्धान जारी राख्दा पनि पछिल्लो समय फेरि अर्को अफवाह भाइरल भइरहेको छ ।

सरकारले विशेष सैनिक हेलिकोप्टरमार्फत राति १२ बजेपछि कोरोना भाइ’रसको वि’षादी छर्ने भन्दै फेसबूक लगायतका सामाजिक सञ्जालमा अहिले अर्को अडियो र पोस्ट भाइरल हुन थालेको छ ।

नेपाली सेनाले भने हेलिकोप्टरमार्फत कोरोनाविरु’द्धको औषधि छर्ने कुरा हल्ला मात्रै भएको बताएको छ । सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले हेलिकोप्टरमार्फत कोरोनाको विषा’दी छर्ने विषय अफवाह मात्रै भएको बताए ।

‘सेनाले कुनै त्यस्तो तयारी गरेको छैन । सरकारले पनि त्यस्तो कुनै योजना बनाएको बुझिएको छैन,’ सैनिक प्रवक्ता पाण्डे भन्छन्, ‘यो सबै अफवाह (हल्ला) मात्रै हो ।

प्रकाशित मिति March 21, 2020
Loading...