बढ्यो बृद्ध भत्ता, पुग्यो मासिक ३ हजार रुपैयाँ

काठमाडौं – सरकारले लामो समयदेखि आलोचना खेपिरहेको सामाजिक सुरक्षा भत्ता वृद्धि गरेको छ । सामाजिक सुरक्षा भत्तामा १ हजार रुपैयाँ बढाएको छ ।

आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट संघीय संसदको संयुक्त संसदमा पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले १ हजार भत्ता बढाउँदै ३ हजार रुपैयाँ पुर्‍याएको घोषणा गरेका छन् ।

यससँगै ७० वर्ष पुगेका वृद्धवृद्धाले पाउँदै आएको भत्ता बढेर ३ हजार पुगेको छ । यस्तै एकल महिलाले पाउँदै आएको भत्ता १ हजारबाट बढेर २ हजार पुगेको छ । आज संसदमा बजेट प्रस्तुत भईरहेको छ ।

प्रकाशित मिति May 29, 2019
Loading...