बेहुलाले दाइजो लिन नमानेेेेपछि बेहुलीले दिईन् १ लाखको किताब उपहार

भारतमा दाइजो ठूलै सामाजिक समस्याका रुपमा छ। मागे जति दाइजो नपाए श्रीमान वा श्रीमानको परिवारले श्रीमतीको हत्या गरेको समाचार लगतार झै आईरहन्छन् । तर, भारतकै पश्चिम बंगालका एक जोडीले भने समाजलाई नयाँ पाठ सिकाएका छन् ।

३० वर्षे विद्यालय शिक्षक सूर्यकान्त बारिकले विवाहको कुरा चल्न साथै दाइजो लिन अस्वीकार गरे । बेहुली पक्षले निकै जोड गरे पनि उनि दाइजो नलिने आफ्नो निर्णयमा अडिग रहे । उनको यो निर्णयलाई बेहुली पक्षले स्वीकार गरेपछि विवाह निश्चित भयो ।

जब उनी जन्ती लिएर बेहुली लिन पुगे तब युवा आश्चर्यमा परे । त्यहाँ उनकी हुनेवाला श्रीमतीले श्रीमानका लागि खास उपहार लिएर उपस्थित भइन् । बेहुलीले त्यो दाइजो नभएर उपहार भन्दै दुलाहलाई स्वीकार गर्न बाध्य पारिन् । वास्तवमा त्यो उपहार थियध एक हजार वटा किताब थियाे । जसको मूल्य एक लाख भारतीय रुपैयाँ बढिको रहेको छ ।
एजेन्सी

प्रकाशित मिति May 24, 2019
Loading...