प्रचण्ड, मेयर रेणु दाहाल र एसपी दान ब मल्लको भेट

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाललाई विकासको नयांँ युगतर्फ लैजानुपर्ने समय आएको बताउनुभएको छ । भरतपुर महानगरपालिकाले आयोजना गरेको भरतपुर विमानास्थल विस्तार एवं सुधार सम्बन्धमा सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अब विकासको गतिलाई तीव्रता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

छिटोभन्दा छिटो विकास चाहेका जनताले विकासले गति लिएको देख्न नपाए उनीहरूमा बेचैनी बढेर जाने उल्लेख गर्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष दाहालले भन्नुभयो, “हामीले छिटोभन्दा छिटो ‘एक्सन’द्वारा जनतालाई आश्वस्त पार्न जरुरी छ । नेताहरु विकासको नयांँ युगतिर जानुपर्छ ।” अब पनि देशले राजनीतिक अन्योल र अस्थिरता थाम्न नसक्ने भएकाले हामी सबैको ध्यान विकास र निर्माणतर्फ लगाउन जरुरी भएको उहांँको भनाइ थियो ।

नवलपरासी, मकवानपुर, धादिङ र गोर्खाको केन्द्रबिन्दुका रुपमा रहेको चितवनलाई नमूना जिल्लाको रुपमा अघि बढाएर देशैभर सन्देश दिन आफूले चाहेको बताउँदै उहाँले यहांँ रहेको भरतपुर विमानस्थललाई विस्तार गर्ने कार्यमा आफूले सक्दो भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । विमानस्थल स्तरोन्नतिका लागि नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्र स्थानान्तरणका विषयमा रक्षा र पर्यटन मन्त्रालयका मन्त्री एवं उच्च अधिकारीहरुसंँग छलफल गरिने अध्यक्ष दाहालले बताउनुभयो ।

सोहि क्रममा प्रचण्ड पुत्री तथा भरतपुरकी मेयर रेणु दाहाल तथा एसपी दान बहादुर मल्लको समेत भेट भएको छ । रेणु प्रचण्डलाइ लिन पुगेकी हुन भने एसपी मल्ल सुरक्षार्थ खटिएका हुन।

प्रकाशित मिति September 4, 2019
Loading...