प्रचण्डले भनेः हामी आचरण र नैतिक चरित्रका हिसाबले निकै खस्कियौँ

पोखरा २३ भदौ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाका नेताहरु नैतिक चरित्र र आचरणका हिसाबले खस्किएको बताएका छन् ।

सोमबार २१ औ सुरेश वाग्ले स्मृति कार्यक्रमलाई पार्टी कार्यालय धुम्बराहीमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। ‘जनताको लोकप्रिय दुई तिहाई मतसहित सरकारको नेतृत्व गर्ने ठाउँमा त हामी पुगेका छौँ।

वैचारिक स्पष्टता, निष्ठा, नैतिक चरित्र र आचरणका हिसाबले खस्किएका छौँ,’ अध्यक्ष प्रचण्डले भने। उनले अहिले नेकपाका नेताहरु बढि नै आत्मकेन्द्रीत, व्यक्तिवादी र आर्दशबाट विचलनतिर गइरहेको आभाष आफूलाई भएको पनि बताए।

अध्यक्ष प्रचण्डले राष्ट्रिय जागरणको अभियान देशब्यापी रुपमा लिएर जाने तयारीमा नेकपा रहेको भन्दै त्यसका लागि पार्टी पंक्ति एकताबद्ध हुनुपर्ने बताए।

‘यही पार्टी र सरकारलाई बलियो बनाउन एकताबद्ध हुनुको विकल्प छैन,’ अध्यक्ष प्रचण्डले भने।

प्रकाशित मिति September 9, 2019
Loading...