वृद्ध बनेर ह्विल चियरमा बसी अमेरिका जान लागेका युवक विमानस्थलबाट प*क्राउ

पोखरा २४ भदौ- रोचक खबर हेर्नुहोस् यी युवकले यस्तो गरे, वृद्धको भेष धारण गरेर अमेरिका जान लागेका एक युवक प*क्राउ परेका छन् । प*क्राउ पर्नेमा भारतको अहमदावाद निवासी जयस पटेल रहेका छन् ।

कपालमा पुरै सेतो रंग लगाएर दारी–जुंगा राखी ह्विल चियरमा बसेर वृद्धको भेषमा अमेरिका जान कोशिस गरेका बेला दिल्लीस्थित विमानस्थलबाट प*क्राउ गरेको हो । औद्योगिक सुरक्षा फोर्सले पक्राउ गरेको छ ।

उनी अरुकै नामको राहदानी देखाएर वृद्धको हुलियामा विमानस्थलको अध्यागमन पार गरिसकेका थिए । समाचारमा जनाइए अनुसार अमरीक सिंह नाम गरेका ८१ वर्षीय वृद्धको राहदानी पटेलले प्रयोग गरेको बताइएको छ । पटेलको शरिरका छालाले शंकाको बाटो बनाएको र अहिले उनको अनुसन्धान भइरहेको बताइएको छ ।

प्रकाशित मिति September 10, 2019
Loading...